बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा १० दिनका लागि बन्द

बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा १० दिनका लागि बन्द

बागलुङ : केही सातायता खुकुलो बनाइएको बागलुङ जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिने भएएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीएमसी)को मंगलबार बसेको बैठकले जिल्लाका धेरै समुदायमा फेरि संक्रमण फैलिएको र सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले तत्काल रोकथामका लागि जिल्लाभर निषेधाज्ञा कडा पार्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए । 

बैठकले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी भदौ ५ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको उनले बताए । निषेधाज्ञाको समयमा बैंक, वित्तीय संस्था, जिल्ला भित्रको यातायात पूर्णरुपमा बन्द हुनेछ । बैठकले दैनिक उपभोग्य खाद्यान्न पसल भने आइतबार,बुधबार र शुक्रबार बिहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले लोकसेवा, टीयूका परीक्षा, विद्यालयको परीक्षा भने सम्बन्धित शैक्षिक संस्था समन्वय गरेर मात्र सञ्चालन गर्न दिने गौतमले बताए । गत वैशाखदेखि सुरु गरिएको लकडाउनमा असार मध्यदेखि केही खुकुलो बनाइँदै लगिएको थियो । तर, खुकुलोपन बढेसँगै कोरोना संक्रमण दर उल्लेख्य बढेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ४१ पुगेको छ । 

बागलुङ नगरपालिकामा मात्रै ३ सय ६ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए । पछिल्लो समय लकडाउन खुकुलो बनाइएको र नागरिकले स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गर्दा संक्रमण दर तीब्र गतिमा बढेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.