ढोरपाटनमा एक पुरुषको हत्या, तीन जना पक्राउ

ढोरपाटनमा एक पुरुषको हत्या, तीन जना पक्राउ

बागलुङ : ढोरपाटनमा एक जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। ढोरपाटन नगरपालिका-९ भूजीमा ५१ वर्षीय छविलाल विश्वकर्माको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। 

गत भाद्र २ गते रातिदेखि सम्पर्कविहीन रहेका विकको मंगलबार मात्र शव फेला परेको थियो। विश्वकर्माको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक जना महिला र दुई पुरुषलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताए। 

प्रहरीको नियन्त्रणमा रहेकाहरुले प्रारम्भिक बयानमा पारिवारिक रिसिबीका कारण विकको हत्या गरेको बताएका छन्। हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ। 

मृतक विकको पोस्टमार्टम समेत भइसकेको छ। घटनाको थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने वन्तको भनाई छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.