विश्वकै लामो दावी गरिएको पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’

विश्वकै लामो दावी गरिएको पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’

बागलुङ : विश्वकै लामो दावी गरिंदै आएको कालीगण्डकी नदीमा निर्मित बागलुङ र पर्वत जिल्ला जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको नयाँ नामाकरण गरिएको छ। पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाले पुलका माध्यमबाट पर्यटन बढाउनका लागि पुलको नामाकरण गरिएको हो।

पुलको उद्घाटन लगत्तै छ महिनाअघि बागलुङ नगरपालिकाले पुलको सार्वजनिक सूचना जारी गरेर नामाकरणका लागि आवेदन माग गरेको थियो। उत्कृष्ट नाम पठाउनेलाई २५ हजार राशीको पुरस्कार समेत प्रदान गर्ने घोषण गरिएको थियो। प्राप्त आवेदन मध्ये छनोट समितिले विभिन्न मापदण्डका आधारमा ‘गण्डकी गोल्डेन ब्रिज’ नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नाम छनोट गरेको बागलुङ नगरपालिका मेयर जनकराज पौडेलले बताए। 

मंगलबार बसेको कार्यपालिका बैठकले बानपा ५ मालिकाका घनाश्याम सापकोटाले पठाएको ‘गण्डकी गोल्डेन ब्रिज’नाम राख्ने निर्णय गरेको हो। सापकोटा निजामती सेवामा आवद्ध छन्। 

आफूले पेश गरेको नाम छनोट भएपछि सापकोटाले पर्यटकीय तथा ऐतिहासिक उपलब्धीको एक हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे। अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकासको सम्भावना बोकेकाले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व झल्किने हिसाबले नामाकरण गर्ने प्रस्ताव गरेको उनले बताए। ‘विश्वकै लामो दावी पुलको नामाकरणका लागि सूचना आएलगत्तै केही सोच्न सकिन्छ कि भनेर लागिरहे, संसारका अन्य पुलको नामसँग नामाकरण नदोहोरिने गरी नामाकरणले बिहान सूर्योदय, मध्यान्ह र बेलुकी सूर्यास्त समय यस पुलमा गएर अवलोकन गरें’, सापकोटाले भने, ‘विभिन्न समयमा अवलोकन गर्दा नदीको नाम, पुल वारपार गर्दा देखिने दृष्य, लामो पुल र नदीदेखि पुलसम्मको उचाइ, नेपाली तथा विदेशी नागरिकहरुले सहज रुपले बोल्न लेख्न सक्ने नाम ‘गण्डकी गोल्डेन ब्रिज’ वा ‘गण्डकी स्काई ब्रिज’ राख्न भनेको थिए, ‘गण्डकी गोल्डेन ब्रिज’ नाम छनोट भएछ, खुसी लागेको छ।’

कालीगण्डकी नदी तथा मध्यपहाडी लोकमार्ग र पोखरा जोमसोमको दुई महत्वपूर्ण राजमार्ग माथि निर्मित पुलबाट उत्तरतर्फ हिमश्रृंखलादेखि पश्चिमतर्फ प्रसिद्ध कालिका भगवती मन्दिर, पर्वत, बागलुङ र म्याग्दी जिल्लाका प्रसिद्ध धार्मिक पर्यटकीय स्थल दृश्यावलोकन गर्न सकिन्छ।

बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दावी गर्दै गिनिज बुकमा दर्ता गराउन समेत निवेदन दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.