यी हुन् फाइनलमा छानिएका उत्कृष्ट तीन भ्लगर

यी हुन् फाइनलमा छानिएका उत्कृष्ट तीन भ्लगर

काठमाडौं : ‘नेपाल भ्लग च्यालेन्ज’ को उत्कृष्ट तीनमा प्रज्वल थापा मगर, आषुतोष बाराही र विश्वास राई छनोट भएका छन्। ८६ जनाबाट उत्कृष्ट ११, उत्कृष्ट ५ हुँदै पब्लिक भोटिङका आधारमा उनीहरू छानिएको आयोजक संस्था पार्टी नेपालले जनाएको छ। 

यो नेपालमा हालसम्मकै ठूलो नगद पुरस्कार रहेको भ्लग च्यालेन्ज हो। पार्टी नेपालकी डिजिटल चिफ शिवानी प्रधानका अनुसार नेपालभरका भ्लगरहरुलाई एकत्रित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्लगरसँग सहकार्य गर्ने अवसर जुटाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यो च्यालेन्ज नेपालमा नौलो भएपनि अबको पुस्ताहरुको लागि कन्टेन्ट क्रियटर भ्लगिङ पेसा संसारमै आकर्षक बन्दै गएको छ। 

यी हुन्, उत्कृष्ट तीनमा पर्न सफल भ्लगर–

प्रज्वल थापा मगर


रामेछापका प्रज्वलले सन् २०१८ देखि भ्लग बनाउन थालेका हुन्। उनी पहिले विभिन्न ठाउँमा नृत्य प्रस्तुत गर्थे। साथीहरुले नाचेर मात्रै केही हुँदैन भनेर सल्लाह दिएपछि भिडियो सम्बन्धी कक्षा लिए। ‘इट्स् मी झोले’ नामक युट्युब च्यानल खोलेर भ्लग बनाउन सुरु गरे। ‘यो बिचमा सीसन बानियाँ, समृद्धि राई, अभया सुब्बासँग काम गरेँ। उहाँहरूबाट धेरै सिक्ने अवसर पाएको छु,’ प्रज्वल भन्छन्, ‘यस्ता प्रतियोगिताले केही राम्रो गर्न खोज्ने युवालाई धेरै सहयोग पुग्छ।’ 

ट्राभल, म्युजिक र डकुमेन्ट्रीका भिडियोमा उनको सौख छ।  

विश्वास राई


झापाका विश्वास यो क्षेत्रमा लागेको एक वर्ष मात्रै भयो। उनले ट्राभल र म्युजिक भिडियो बनाएका छन्। नेपाल भ्लग च्यालेन्जले धेरै राम्रो ‘प्ल्याटफर्म’ दिएको उनी बताउँछन्। ‘टप थ्रीसम्म पुग्छु भन्ने लागेको थिएन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कन्टेन्ट क्रियेटरहरूबाट धेरै सिक्ने मौका पाएको छु,’ उनले भने, ‘भोलिका दिनमा झनै राम्रो गर्ने हौसला मिलेको छ।’ 

विश्वास ‘सोसीयल मिसफिट्स’ युट्युब च्यानल चलाउँछन्। 

आषुतोश बाराही


ललितपुरका आषुतोश नेपाल भाषाका फन्नी भिडियो बनाएर युट्युबमा अपलोड गर्छन्। सन् २०१९ मा ‘आषुतोशबीआरएच’ च्यानल खोलेर भ्लग बनाउन थालेका आषुतोश यसबाटै नेवार समुदायमा स्थापितसमेत भइसकेका छन्। ‘कोरोना महामारीका कारण लकडाउन भयो। घरमै सीमित भएर बस्नुपर्ने भयो। त्यसबेलै आफ्नो भाषा संस्कृति प्रवद्र्धनमा केही त गर्नुपर्छ भन्ने सोच बनाएर भिडियो बनाउन सुरु गरेँ,’ उनले अन्नपूर्णसँग भने, छोटो समयमै धेरैको माया पाएको छु।’ विश्वस्तरको सृजनात्मक प्रतियोगिताको फाइनलमा पुग्दा धेरै खुसी लागेको उनले सुनाए। 

यो प्रतियोगिताको फाइनल अक्टोबर १७ मा हुनेछ। विजेताले नगद १० लाख रुपैयाँसहित, विश्व प्रसिद्ध भ्लगरसँग सगरमाथा आधार शिविरमा रहेको ग्लेसीयरको बारेमा भ्लग बनाउने अवसर पाउनेछन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.