हजुरबा भन्छन्: मरिसकेकी छोरी ,गुमनाम ज्वाइँ कहाँबाट खोजेर ल्याउँ ?

हजुरबा भन्छन्: मरिसकेकी छोरी ,गुमनाम ज्वाइँ कहाँबाट खोजेर ल्याउँ ?

बागलुङ : जिल्लाको गलकोटका एक बालक जन्मिना साथ आमाको मृत्यु र बुवा बेपत्ता भएपछि अभिभावकबिहीन भएका छन्। उनी जन्मदर्ताको प्रमाणपत्र पाउनबाट समेत बञ्चित भएका छन् । गलकोट नगरपालिका ७ का १२ वर्षीय रामबहादुर सुनारकी आमा सिता सुनारको प्रसूतिकै क्रममा २०६६ साल माघ ६ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको थियो । 

रामबहादुरलाई जन्म दिएपनि खराब स्वास्थ्यका कारण सीताको मृत्यु भएको थियो। उनको मृत्युपछि मृतकका श्रीमान गोमे सुनारले दोस्रो बिहे गरेर सम्पर्क बिहीन भएका छन् । रामबहादुर अहिले काठेखोला ८ लेखानीस्थित मामाघरमा बस्दै आएका छन् । 

नाती जन्मिएको खुसी बाँड्न नपाउँदै रा जन्माउनुको खुशियाली र हर्ष परिवार, आफन्त, गाउँघरमा विस्तारै फैलिने क्रममै जन्म दिएको छोरा डाक्टरको कोसिसमा बाँच्न सफल रहे पनि स्वयम् आमाले आफ्नो छोरालाई बेहोसी अवस्थामा बाहेक मायाले सुमसुम्याउन नपाएको माइत तर्फका हजुरबुबा काठेखोला ७ लेखानीका धनबहादुर विक बताउँछन् । 

‘सुत्केरी हुने बेला गाह्रो भएपछि परिवार सबैको पहल र जोडमा पोखरा अस्पतालसम्म त पुर्‍यायौं, नाती बाबु पनि जन्मियो,' यति भन्दै गर्दा धनबहादुरको आँखा आँशुले भरिसकेको थियो। उनी भन्छन्, ‘छोरीलाई बचाउन सकिएन, त्यसपछि बच्चालाई माइतमै राखेर हुर्काएका छौं, पढाइरहेका छौं ।’ 

छोरीको मृत्युपछि ज्वाँई गोमबहादुर सुनार सम्पर्कबिहीन छन्। बालकको जन्मदर्ताका लागि बावु चाहिने भएपछि निकै खोज तलास गरेपनि सम्पर्क हुन सकेको छैन ।  बच्चाको पालन पोषण, शिक्षा दिक्षा त बल्लतल्ल जोहो गरेर चलाए पनि उमेर बढ्दै जाँदा चाहिने कागजात जन्मदर्ता, नागरिकताका लागि समस्या र सकस बेहोरिरहेको धनबहादुरले सुनाए ।

अहिले नाती काठेखोलाको करिलमस्थित विद्यालयमा कक्षा ६ मा पढ्छन् । ‘अब १२ वर्षका भइसक्यो, अहिले छोरीको मृत्यु भएपछि बाबा गुमनाम भएर बसेका छन्, जन्मदर्ता गर्न गलकोटको वडा कार्यालय पुग्दा आमा या बा अनिवार्य चाहिन्छ भन्छन्, मरिसकेको छोरी र गुमनाम भएर बसेका ज्वाँईलाई कहाँबाट खोजेर ल्याउनु ? उनले भने, ‘यो बच्चाले साह्रै दुःख पाउने भयो, लौ न हजुरहरुले भनेर केही हुन्छ कि गरिदिनुपर्‍यो, यो टुहुरो केटा बेवारिसे हुने भयो ।’ 

जन्मदर्ताका लागि नाती लिएर गलकोट पुगे पनि आमा वा बा चाहिने भने पछि निराश भएर फर्किएको उनले बताए।  अहिले घर तर्फका हजुर बा हजुर आमा समेत नरहेकाले थप समस्या भएको उनले सुनाए ।

सानैमा आफैले समेत एक हात गुमाएका धनबहादुरले कटुवाल, डोको, नाम्लो, थुङ्सेलगायत बुनेरै बालकको पढाइ र दैनिकी चलाएका छन् । जन्मदर्ताका लागि अहिलेको विद्यमान ऐन, कानुनले आमा या बा अनिवार्य गरेकाले केही समस्या भएको गलकोट नगरपालिकाका वडा सचिव भीमबहादुर घर्तीले बताए । 

‘परिवार र बालकको संवेदनशीलताबारे हामीलाई गहिरो बोध छ, तर अहिलेको कानुन अनुसार हामीले त्यसरी दिन मिल्दैन, पछि हामी नै फस्ने जोखिम पनि हुन्छ,’ सचिव घर्तीले भने, ‘नगरको कार्यपालिकाको बैठक बसेर यस्ता संवेदनशील विषयमा एउटा निर्णय गरिदिए मात्र समस्याको गाडो फुकाउन सहज हुनेछ।'

गलकोट नगरपालिका ७ का वडा अध्यक्ष टीकाबहादुर थापाले कानुन अनुसार बा/ आमा दुवै साथमा नभएकाले जटिलता भएपछि वडामै जन्मिएको एक सिफारिस पत्र दिएको बताए । तर, यो पत्रले जन्मदर्ताको काम नगर्ने भएकाले भोलिका दिनमा नागरिकता बनाउन र अन्य काममा पनि बालकलाई समस्या र सकस पर्ने भएकाले सहयोग समन्वय गरिदिन धनबहादुरको सम्बन्धित निकायलाई आग्रह छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.