हुम्लामा रैथाने बालीको बजारीकरण हुँदै

हुम्लामा रैथाने बालीको बजारीकरण हुँदै

सिमकोट : स्थानीय बालीको संकलन, ढुवानी र बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झौता भएको छ।

गाउँपालिका आठवटा वडा र आसपासका गाउँहरूका स्थानीय किसानहरूले उत्पादन गरेका रैथानै बालीहरू, चिनो, कागुनो, फापर, जौ, उवा, सिमीको संकलन, बजारीकरण गर्न जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा सम्झौता भएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले जानकारी दिए।

‘सरकारले दिएको ढुवानी अनुदानमा हवाईजहाजमार्फत ढुवानी भएको चामलमा भरपर्दा रैथाने बालीहरूको उत्पादन निरन्तर घट्दै गएपछि गाउँपालिकाले जिल्लाका रैथाने बालीलाई जिल्ला बाहिर लैजान यस्तो सम्झौता गरेको हो,’ गाउँपालिका अध्यक्ष भण्डारीले भने, ‘गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आधाआधा लगानीमा किसानको घरबाट रैथाने बालीहरूको संकलन, ढुवानी र नेपालगन्ज काठमाडौंमा बजारीकरण गर्नेमा दुवै पक्षबीच सहमति भएको छ।’

हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारको रोहबरमा जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौताअनुसार गाउँपालिकाले पहिलो चरणमा चिनो, कागुनो, फापर कम्तीमा ५०÷५० क्वीन्टल र सिमीको हकमा ५० क्वीन्टलभन्दा माथि संकलन गर्ने र सोहीअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारको व्यवस्था गर्ने सहमति भएको सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाले जानकारी दिए। 

नेपालको विद्यमान कृषि प्रणालीलाई व्यावसायिक, प्रतिस्पर्धात्मक बनाएर सिमान्तकृत किसानहरूको जीवनस्तरमा सुधार ल्याउन र संघीय सरकारको आव २०७९÷८० को बजेटमा कर्णालीका रैथाने बाली जैविक खेतीको संरक्षण र विकास गर्नुका साथै कृषिको आधुनिकिकरण, विविधीकरण र विशिष्टीकरणका माध्यमबाट उत्पादन, उत्पादकत्व वृद्धि, मूल्य शृंखला, गुणस्तरीयता तथा बजारिकरणमा सहलगानी तथा सहकार्य गर्ने नीतिअनुसार गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सहमति भएको कार्यकारी अधिकृत रोकायाले सम्झौता तत्कालै लागू हुने जानकारी दिए। 

उनका अनुसार रैथाने बालीको संकलन, ढुवानी र बजारीकरणका लागि गाउँपालिका र कम्पनीबीच गएको कात्तिक ३ गते सम्झौता भएको थियो। केन्द्रीय स्तरमा भएको सम्झौतालाई कार्यान्वयन गर्न जिल्लामा संकलन र ढुवानी गर्न कम्पनीको जिल्ला शाखासँग सम्झौता भएको  खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका निमित्त प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.