पराजयको कारण खोज्दै गाउँमा एमाले

पराजयको कारण खोज्दै गाउँमा एमाले
सुन्नुहोस्

सिमकोट: स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीले भोगेको पराजयको कारण खोज्न एमाले नेता हुम्लाका गाउँ पुगेका छन्। 

फागुन ५ गतेदेखि जारी एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान स्वरुप सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा तीन टोली बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेता गाउँ पुगेका हुन्।

शनिबार सिमकोट, खार्पुनाथ र ताँजकोटबाट एकसाथ सुरु भएको अभियानका क्रममा एमाले केन्द्रीय सदस्य निरज आचार्यको टोली ताँजकोट गाउँपालिकाको गल्लबाडा हुँदै सिरुपाटा पुगेको छ। टोलीले गाउँमा एमाले पराजयका विषयमा छलफल गर्दै आएको छ।

null

५ हजार ६ सयभन्दा बढी पार्टी सदस्यता भएको हुम्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निार्वाचनमा एमालेले समानुपातितर्फ ६ हजार मत प्राप्त गरेको छ। ‘गाउँमा पार्टी थेगेका स्थानीय कार्यकर्ता र शुभेक्षुकसँग पार्टीको सुदृढीकरण, विस्तारका उपयाको खोजी गर्ने र निर्वाचनमा भोग्नु परेको पराजयको कारणका बारेमा परामर्श गर्ने काम भैरहेको छ,’ एमाले केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि निरज आचार्यले भने, ‘पार्टी सत्ताका हुँदा गरेका लोककल्याणकारी कामले बस्तीस्तरमा एमालेप्रतिको आकर्षण निकै राम्रो देखिएपनि निर्वाचनमा पार्टीका उम्मेदारले कसरी पराजय भोग्नु पर्यो भन्ने कारण खोज्ने काम भइरहेको छ।'

शनिबार ताँजकोटको छप्रेलाबाट अभियानमा जोडिएका आचार्यले रामा नैकाला, गल्लाबाड हुँदै सिरुपाटाको गाउँका स्थानीय नेताकार्यकर्तासँगको छलफल गरेको एमाले हुम्लाका उपसचिव चन्द्रप्रकास ढकाल(झलक)ले जानकारी दिए। 

null

सात गाउँपालिका र ४४ वडा भएको हुम्लामा गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले ८ स्थानमा जित हासिल गरेको थियो। मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेले  पाँच दलीय गठबन्दनबाट  पराजय भोग्नु परेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.