आज निर्वाचन

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कसले मार्ला बाजी ?

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कसले मार्ला बाजी ?
सुन्नुहोस्

वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा

काठमाडौं : नेपाल उद्योग वाणिज्य  महासंघको निर्वाचन आज (बुधबार) हुने भएको छ। महासंघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष (तीन वर्षपछि अध्यक्ष) बन्न त्रिपक्षीय भिडन्त हुन लागेको हो।

महासंघको इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन्। 

५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन्। 

संघाईको पक्षमा वर्तमान अध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारका छन्। मारवाडी समुदायको भोट संघईको पक्षमा जाने देखिन्छ।
उमेशलाल श्रेष्ठको पक्षमा पूर्वअध्यक्षहरू चन्डीराज ढकाल, विनोद श्रेष्ठ, सुरज वैज्ञ, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार छन्। सातै प्रदेशका अध्यक्ष पनि उमेशकै पक्षमा देखिएका छन्। इन्द्रभक्त श्रेष्ठले पनि उमेशलाई समर्थन गर्ने बुझिएको छ। उनका आफन्त एक जना उमेशकै टिमबाट उम्मेदवार बनेका छन्।

भावी अध्यक्ष ढकाल भने कुनै पक्षमा खुलेका छैनन्। कसैको पनि चुनावी सभामा गएका छैनन्। अघिल्लो पटक शेखर गोल्छा भने खुलमखुला किशोर प्रधानको पक्षमा भोट माग्दैै हिँडेका थिए। तर, ढकाल कसैको चुनावी सभामा नगए पनि आन्तरिक रूपमा उमेशकै पक्षलाई समर्थन गर्ने गरेको बताइन्छ।

उनले सर्वसम्मत नेतृत्व छनोटका लागि तीन जना उम्मेदवारसँग छलफल गरे। तर, उनको प्रयास सफल हुन सकेन। अञ्जन श्रेष्ठको पक्षमा कुशकुमार जोशी, आनन्दराज मुल्मी, महेशलाल प्रधान छन्। भवानी राणा, प्रदीपजंग पाण्डे, सौरभ ज्योति कुनै उम्मेदवारप्रति नखुलेको बताइन्छ।

एसोसिएटतर्फ १९ जनामा उमेशको १३, संघईको ११ र अञ्जनको ६ जनाले उम्मेदवारी दिएका छन्। जिल्ला नगरतर्फ १८ जना उम्मेदवारमध्ये उमेशले १८ जना र अञ्जनले १२ जना उम्म्मेदवार उठाएका छन्। वस्तुगततर्फ पनि उमेश र अञ्जनको १४÷१४ उम्मेदवारले उम्मेदवारी दिएका छन्। उमेश र अञ्जनको छुट्टाछुट्टै प्यानलबाट चुनावी प्रतिस्पर्धा गरे पनि भरतराज आचार्य साझा उम्मेदवार भएका छन्।

वरिष्ठ उपाध्यक्षसँगै बिहीबार ६६ सदस्यीय कार्यसमितिको निर्वाचन हुनेछ। वस्तुगत संघमा १४ सदस्यका लागि २८ जना, उद्योग वाणिज्य संघतर्फ १८ का लागि ३२ जना र एसोसिएटतर्फ १९ का लागि ३० जनाको उम्मेदवारी परेको छ। 

नयाँ नेतृत्व चयनसँग महासंघमा अबका दिनमा हुने अध्यक्ष ढकालको सहयोगीको रूपमा अघि बढन् वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको उमेशलाल बताउँछन्। जितेको अवस्थामा सबै खाले उद्यमी व्यवसायीले अपनत्व गर्ने महासंघ बताउने उनको प्रतिबद्धता छ।

महासंघको नेतृत्वमा बिहीबारदेखि ढकाल २१औं अध्यक्ष बन्दै छन्। २०७३ सालमा भवानी राणालाई अध्यक्ष बनाउन वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने विधान संशोधन गरिएको थियो। महासंघ अध्यक्षात्मक प्रणालीमा सञ्चालन हुन्छ। त्यसो हुनाले वरिष्ठ उपाध्यक्षले चुनाव जित्दा पनि आफ्ना एजेन्डा पूर्णरूपमा कार्यान्वयन गर्न सक्दैनन्। अध्यक्षसँग ट्युनिङ मिले आफ्ना एजेन्डा अध्यक्षमार्फत लागू गराए पनि ट्युनिङ नमिल्दा वरिष्ठ उपाध्यक्षले केही गर्न नसक्ने अवस्था हुन्छ। 

साझा प्रयासबाट समस्या समाधान

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारको साझा प्रयासबाट अहिलेको आर्थिक समस्या समाधान हुने बताएका छन्। महासंघको ५७औं वार्षिक उत्सवका अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरेर आर्थिक गतिविधि चलायमान बनाउन लागिएको बताए।

उनले तरलता समस्या समाधान गर्नेतर्फ सरकार अगाडि बढेको उनले बताए। अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको मनोबल उच्च राख्न कुनै कसर बाँकी नराख्ने बताए। मौद्रिक नीतिका कारण ऋण विस्तार नभएको उनको भनाइ छ। 

वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि विशेष पहल गर्नुपर्ने बताएका छन्। संकटमोचनका लागि रोडम्याप बनाउन आवश्यक भइसकेको उनले बताए। उनले अर्थतन्त्र संकटको डिलमा भएकाले बचाउन सबै लाग्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.