उद्योग वाणिज्य महासंघ निर्वाचन

अझै सुरु भएन दोस्रो चरणको निर्वाचन, सहमतिको प्रयास जारी

उद्योग वाणिज्य महासंघ निर्वाचन

अझै सुरु भएन दोस्रो चरणको निर्वाचन, सहमतिको प्रयास जारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको पदका लागि दोस्रो चरणको निर्वाचन अन्योल भएको छ।

निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले निर्वाचन र सहमतिको सम्भावना बराबरी रहेको बताए। ‘सहमतिका लागि प्रयास भइरहेको हामीलाई आएको छ,’ पौडेलले भने, ‘सहमति होला भनेर हामीले केही समय पर्खिरहेका छौं।’

महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए। अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमतिको प्रयास भइरहेको छ। महासंघको नेतृत्व, पूर्वअध्यक्षहरू सहमतिका लागि प्रयास गरिरहेका छन्।

निर्वाचनमा आएका धेरैजसो मतदाताहरू घर फर्किसकेका छन्। हिजोको जस्तो निर्वाचनको माहोल नेपाल प्रज्ञा प्रतिष्ठानमा छैन। सहमतिको प्रयास भइरहेकाले पनि त्यहाँ रहेका उद्योगी व्यवसायीहरू सहमति होला भन्ने पक्षमा देखिएका छन्।

सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन्। पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा बढी मत प्राप्त गर्नेबीच प्रतिस्पर्धा हुन्छ र त्यसमा जसले बढी मत ल्याउँछ, उही विजयी हुने महासंघको विधानमा छ।

विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ। एशोसिएट्सको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार  हुन्छ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं अबका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि नै तीन जना उम्मेदवारसँग छलफल गरी नयाँ सहमतीय प्रयास गरेका थिए। उनको प्रस्तावमा कोही उम्मेदवार टसमस नभएपछि महासंघको इतिहासमै पहिलोपटक त्रिपक्षीय भिडन्त भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.