सुडानमा रहेका सबै नेपाली सकुशल

सुडानमा रहेका सबै नेपाली सकुशल
सुन्नुहोस्

विभिन्न कामविशेषले सुडान पुगेका सबै नेपाली सम्पर्कमा आएका छन्।

काठमाडौं : द्वन्द्वको चपेटामा फसेको सुडानमा रहेका सबै नेपाली ‘सकुशल’ छन्। विभिन्न कामविशेषले सुडान पुगेका सबै नेपाली सम्पर्कमा आएका छन्। लागोस निगिरियामा बसोबास गर्दै आएका गैरआवासीय नेपाली हिम्मत थापाले २१ जना सुरक्षित रहेको बताए। ‘उहाँहरूलाई एक–दुई दिनमै सुरक्षित स्थानमा लैजाने तयारी छ’, उनले भने। 

खार्तुमबाट एक–दुई दिनमै सुरक्षित रूपमा उद्धार हुने जानकारी आएको थापाले बताए। ‘यसअघि तीन जना नेपाली शान्ति सैनिक त्यहाँबाट चाडतर्फ गइसकेका छन्’, उनले भने, ‘अन्य सात जना संयुक्त राष्ट्र संघीय निकायमा कार्यरत नेपाली युगान्डातर्फ प्रस्थान गरिसकेको जानकारी प्राप्त भएको छ।’
वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर गत वर्ष सुडानमा पाँच जना पुगेका छन्। २०७७/७८ मा ७ , २०७६/७७ मा १२, २०७५/७६ मा २ र २०७२/७३ मा १८ नेपाली श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। 

सुडानमा गैरआवासीय नेपाली खासै छैनन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को शाखासमेत छैन। युगान्डा र तान्जिनियामा भने नेपालीको बाहुल्य छ। सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीच द्वन्द्व हुँदा तनाव सिर्जना भएको हो।

परराष्ट्र मन्त्रालयले सुरक्षा र उद्धारका लागि सरोकारवाला निकायसँग समन्वय गरेको जनाएको छ। सुडानमा अप्रिल १५ देखि विकसित जटिल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतकर्ता अपनाइएको जनाएको छ। 

‘त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि सरकारले उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको छ’, परराष्ट्र मन्त्रालयले भनेको छ। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सम्पर्कमा रहेका १९ जना नेपालीको सूची तयार गरेको छ। सूचीकृत सबैजना हालसम्म सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.