तेक्वान्दो विकास परियोजना सम्पन्न

तेक्वान्दो विकास परियोजना सम्पन्न
सुन्नुहोस्

काठमाडौं : कास्कीको अन्नपूर्ण–८ वीरेठाँटीमा सञ्चालित तेक्वान्दो विकास परियोजना सम्पन्न भएको छ। अम होङ गिल फाउन्डेसनअन्तर्गत वल्र्ड तेक्वान्दो फेडरेसन र नेपाल तेक्वान्दो संघको विशेष सहयोगमा सञ्चालित परियोजनाको पहिलो चरण सम्पन्न भएको हो। परियोजना पहिलो चरणमा एक वर्षका लागि वीरेठाँटी माविमा सञ्चालन गरिएको थियो।

परियोजनाअन्तर्गत वीरेठाँटी माविका ८७ जना विद्यार्थीले तेक्वान्दोको विशेष प्रशिक्षण लिएका थिए। उनीहरूलाई बोदराज गिरीले प्रशिक्षण दिएका थिए। परियोजनाका लागि वल्र्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा. चोउ चुङ ओन, एसियन तेक्वान्दो फेडेरेसनका अध्यक्ष प्रोफेसर क्यू सिओक लि र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले एक वर्ष अघि खेल सामग्री प्रदान गरेका थिए।

पहिलो चरणको समापनका अवसरमा विद्यालयमा प्रशिक्षणरत विद्यार्थीबीच प्रतियोगिता आयोजनासमेत गरिएको थियो। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ६ गरी १२ तौल समूहमा प्रतिस्पर्धा भएको थियो। जसमा ४० जनाले प्रतिस्पर्धा गरेका थिए। 

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले पहिलो चरणको प्रशिक्षण कार्यक्रम उत्साहजनक रहेको बताउँदै दोस्रो चरणका कार्यक्रम केही समयपछि नै सुरु गरिने बताए। अम होङ गिल फाउन्डेसनका कन्ट्री डाइरेक्टर हाइहिन लिले कार्यक्रमबाट विद्यालयका साना बालबालिकाले तेक्वान्दो खेल सिक्न पाएको बताए।

उनले फाउन्डेसनले पहिलो पटक खेलकुद परियोजना सञ्चालन गरिएको बताए। विद्यालयका साना बालबालिकालाई खेलकुद गतिविधिमा सहभागी गराउन यो परियोजनाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले दोस्रो चरण पनि चाँडै सुरु हुने विश्वास व्यक्त गरे। कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ र नेपाल तेक्वान्दो संघका कार्यालय प्रमुख प्रह्लाद थापालगायतको उपस्थिति रहेको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.