हत्या गरेर फरार रहेका दुई जना पक्राउ

हत्या गरेर फरार रहेका दुई जना पक्राउ

दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिका-७ टोपाली बस्ने ८३ वर्षीय भागरथी देवी चन्दको हत्या गरी फरार रहेका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

प्रहरीले हत्या आरोपी जिल्लाको मालिकार्जुन गाउँपालिका-७ टोपालीकै २१ वर्षीय दिपक चन्द र दुहुँ गाउँपालिका-३ ब्रह्मदेवका १८ वर्षीय आषिस बमलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

उनीहरूलाई कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-४ बसपार्क नजिकबाट भाद्र १२ गते पक्राउ गरी दार्चुला ल्याइएको तथा ज्यान सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

आरोपी चन्द र बमले भदौ ८ गते राति चन्दलाई उनकै घरको कोठामा हसियाँ, कैची, चक्कु प्रयोग गरी छाती, पेट तथा घाँटी रेटी निर्ममता पूर्वक हत्या गरी शवलाई घर देखि ३ सय मिटर दक्षिणतर्फको भिरालो जमिनमा फाली गनेको सुकेको झारले ढाकेको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

चन्दको हत्या पछि प्रतिवादी बम र चन्द मृतकले कानमा लगाएका सुनका गहना (तेपले) एक जोर, बाकसमा राखेको अमेरिकी डलर १०० दरका ५ नोट, १ हजार दरको कोरियन रुपैयाँ र ४० हजार नेपाली रुपैयाँ लुटपाट गरी फरार भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.