दनदन बलेकी गौफ

दनदन बलेकी गौफ
सुन्नुहोस्

न्युयोर्क : आइतबार पहिलो ग्रान्डस्लामको उपाधि जितेपछि अमेरिकी टेनिस स्टार कोको गौफको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो। न्युयोर्कको आर्थर एस स्टेडियममा आठ वर्षको उमेरमा नाच्दै गरेको भिडियो आइतबार सामाजिक सञ्जालमा भाइरल बनेको हो।

११ वर्षपछि आइतबार बिहान गौफ सोही स्टेडियममा उभिएकी थिइन्। यस पटक उनले संगीतको तालमा नृत्य गरिरहेकी थिइनन्, उनको हातमा यूएस ओपनको चमचमाउँदो ट्रफी थियो। उनको करियरको पहिलो ग्रान्डस्लाम उपाधि थियो। आइतबार उनको वषौंदेखिको सपना साकार भएको थियो। यस अर्थमा उनी निकै खुसी थिइन्। उनले ग्रान्डस्लाम उपाधिको सुरुवात आफ्नै देशबाट गर्न पाइन्, आफ्नै देशका २४ हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर। 

गौफले आइतबार बिहान न्युयोर्कमा भएको अमेरिकी (यूएस) ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी हुन्। बेलारुसकी आर्यना सबालेन्कालाई स्तब्ध पार्दै गौफले पहिलो उपाधि चुमेकी हुन्। निकै प्रतिस्पर्धात्मक खेलमा सबालेन्कालाई २–६, ६–३, ६–२ ले हराएपछि गौफले निकै भावुक कुरा राखेकी थिइन्। उनले आफ्नो बुवा रुनुको कारणदेखि उपाधि जित्छ कि जित्दैन भनेर सन्देह गर्नेहरूका विषयमा पनि बोलेकी थिइन्।

‘म उनीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले ममाथि विश्वास गरेनन्’, उनले भनिन्, ‘पहिलो उपाधि जितेपछि शालिनताका साथ प्रस्तुत हुने योजना बनाएको थिएँ।  तर, मेरो विरोध गर्नेहरूका बारेमा केही नबोली हुँदैन भन्ने लाग्यो। मेरो विरोध गर्ने तपाईहरू धेरैले आगोमा पानी हाल्ने होइन, घ्यू हाल्ने काम गर्नुभयो। त्यही कारण म अहिले दनदनी जलिरहेको छु।’

उनले अगाडि भनिन्, ‘मलाई लाग्छ कि यो समय म केही आश्चर्यचकित पनि छु। भगवानले एक पटक सबैको परीक्षा लिनुहुने रहेछ। यो परीक्षा पास गरेपछि उसले छुट्टै आनन्दको अनुभूति गर्दोरहेछ। मैले अहिले यही पलको अनुभव गरिरहेको छु। यसका लागि भगवानप्रति आभारी पनि छु। यसभन्दा अघि बोल्ने शब्द मसँग छैन।’

गौफलाई नतिजा सुम्पिएसँगै अस्ट्रेलियन ओपन च्याम्पियन सबालेन्काले दोस्रो ग्रान्डस्लामका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ। न्युयोर्कमा उनी उपविजेतामा सीमित भए पनि यूएस ओपनपछि महिला टेनिसको शीर्ष वरीयतामा उक्लिएकी छन्। २५ वर्षीया सबालेन्का पहिलो पटक विश्व नम्बर एक बनेकी हुन्। यूएस ओपनमै इगा स्विटेकले पराजय बेहोरेपछि दोस्रो वरीयताकी सबालेन्का विश्व नम्बर एक बनेकी हुन्। छैटौं वरीयताकी गौफ भने यूएस ओपनको उपाधिसँगै तेस्रो स्थानमा उक्लिने छिन्। 
  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.