चीनले भारतीय खेलाडीलाई सहभागी हुन नदिएको आरोप

चीनले भारतीय खेलाडीलाई सहभागी हुन नदिएको आरोप

हाङझाव : १९ औं एसियाली खेलकुदका आयोजक चीनले भारतका तीन खेलाडीलाई प्रतियोगिताबाट हटाएको छ। मिडिया रिपोर्टका अनुसार चीनले विवादित भारतको पूर्वोत्तर राज्य अरुणाचलका तीन महिला खेलाडीलाई प्रतियोगितामा सहभागी हुन नदिएको हो।

चीनले आफ्नो भूमि दावी गर्दै आएको क्षेत्रको तीन महिला खेलाडीलाई प्रतियोगितामा सहभागी हुन नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पूर्वोत्तर अरुणाचल भूमिलाई चीन अहिले पनि आफ्नो दक्षिणी तिब्बत भएको दावी गर्दै आएको छ। 

भारतका तीन महिला खेलाडी पहिलो पटक एसियाली खेलकुदमा समावेश गरिएको उसुमा प्रतिस्पर्धा गर्न लागेका थिए। हिन्दुस्तान टाइम्सका अनुसार उनीहरूलाई एक्रिडेसन कार्ड नै नदिई एसियाली खेलकुदमा सहभागी हुन नदिएको हो। तीन महिला भारतीय खेलाडीले लामो समयदेखि तयारी गरे पनि अन्तिममा चीन जान पाएनन्। तीन महिला खेलाडीको एक्रिडेसन कार्ड नआएपछि १० खेलाडीसहितको उसु टोली गत बुधबार नै हाङझाव आइसकेको छ। 

एक महिना अघि छेन्दुमा आयोजना भएको वल्र्ड युनिभर्सियाडमा भने भारतले सहभागिता नै जनाएन। एसियाली खेलकुदमा सहभागी हुन लागेका तीन महिला खेलाडीले नै युनिभरसिटी गेम्स खेल्न लागेका थिए। उनीहरूको भिसाका विषयमा प्रश्न उठेपछि उसु टोली छेन्दु नआएको हो। 

चीनले अहिले पनि अरुणाचल प्रदेशलाई आफ्नो भूभाग मान्दै आएको भन्दै भारतीय विदेश मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। भारतले अरुणाचल प्रदेश आफ्नो भूमि भएको दाबी गर्दै आएको छ। अरुणाचल प्रदेशमा पनि चीनको तिब्बतमा जस्तै बौद्ध धर्मावलम्वीको बाहुल्यता छ भने यहाँको कला, संस्कृति, रहनसहन र परम्परा पनि मिल्दोजुल्दो छ। चीनले यही वर्ष विवादित क्षेत्रको ११ ठाउँको नाम परिवर्तन गरेको थियो। यस विषयमा भारतले गम्भीर चासो व्यक्त गर्दै अरुणाचल प्रदेश भारतको अभिन्न अभिभाज्य हिस्सा रहेको बताएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.