फ्रान्स र पोर्चुगल युरोकपमा

फ्रान्स र पोर्चुगल युरोकपमा
फाइल तस्बिर।
सुन्नुहोस्

नेदरल्यान्ड्स : फ्रान्स र पोर्चुगल अर्को वर्ष आयोजना हुने युरोकप फुटबलमा छनोट भएका छन्। शुक्रबार राति भएका खेलमा जित निकाल्दै फ्रान्स र पोर्चुगल युरोकपमा छनोट भएका हुन्। समूह ‘बी’को खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै फ्रान्स युरोकपमा छनोट भएको हो।

फ्रान्सले सातौं मिनेटमै केइलिन एमबाप्पेको गोलबाट अग्रता लिएको थियो। एमबाप्पेले नै ५३औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता बढाएका थिए। खेल सकिन सात मिनेटअघि नेदरल्यान्ड्सका क्विलिडेन्सी हार्टम्यानले गोल गर्दै फ्रान्सको अग्रता कम गरेका थिए।

फ्रान्स समूहको ६ वटै खेलमा जित निकाल्दै युरोकपमा छनोट भएको हो। नेदरल्यान्ड्स समूह ‘बी’को तेस्रो स्थानमा छ। दोस्रो स्थानको ग्रिसभन्दा तीन अंकले पछि छ। ग्रिसले आयरल्यान्डलाई २–० गोलले हराउँदै युरोकपमा छनोट हुने सम्भावनालाई समाप्त पारिदिएको छ। 

यसैगरी शुक्रबार राति नै भएको खेलमा स्लोभाकियालाई ३–२ गोलले हराउँदै पोर्चुगलले पनि अर्को वर्ष जर्मनीमा आयोजना हुने युरोकपमा स्थान पक्का गरेको हो। समूह ‘जी’को खेलमा पोर्चुगल शतप्रतिशत जित निकाल्दै युरोकपमा छनोट भएको हो।

पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा गोन्कालो रामोसले एक गोल गरेका थिए। यससँगै रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या एक सय २५ पुगेको छ। स्कोभाकियाका डेविड ह्यान्को र स्टानिसिलाभ लोबोटकाले एक÷एक गोल गरे पनि टोलीको हार टार्न सकेनन्। स्लोभाकिया समूहमा दोस्रो स्थानमा छ। तेस्रो स्थानको लक्जमवर्गभन्दा स्लोभाकिया दुई अंकले अघि  छ।
 

यसैगरी बेल्जियमले पनि युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। शुक्रबार अस्ट्रियालाई ३–२ गोलले हराउँदै बेल्जियम युरोकपमा छनोट भएको हो। डोडी ल्युकबाकियोले १२ र ५५ औं मिनेटमा गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाएका थिए। रोमेलु लुकाकुले ५८औं मिनेटमा गोल गर्दै बेल्जियमलाई ३–० ले अगाडि बढाए। त्यसपछि अस्ट्रियाले लगातार दुई गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। कोनराड लाइमरले ७२ र मार्सेल सबित्जरले ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.