रोड्रिगो नश्लवादी दुर्व्यवहारको सिकार

रोड्रिगो नश्लवादी दुर्व्यवहारको सिकार
सुन्नुहोस्

म्याड्रिड : सन् २०२६ को विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेलपछि ब्राजिलका फरवार्ड रोड्रिगो नश्लवादी दुर्व्यवहारको निसानामा परेका छन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू सामाजिक सञ्जालमा नश्लवादी दुव्र्यवहारको सिकार भएको बताएका हुन्।

‘नश्लवाद सदैव रहिरहन्छ’, उनले सामाजिक सञ्जाल इस्टाग्राममा स्टाटस लेख्दै भनेका छन्, ‘मेरो सामाजिक नेटवर्कमा अपमान र आपत्तिजनक कमेन्टहरू गरिएको छ। बेतुकका यी कमेन्ट हर कोहीले देख्न सक्छन्। सयौं नश्लवादी कमेन्टमा ‘बादर’जस्ता शब्दसँगै तस्बिर र इमोजी प्रयोग गरिएको छ।’

अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगको बहसका कारण आफूमाथि नश्लीय दुव्र्यवहार भएको रोड्रिगोले दाबी गरेका छन्। ‘उनीहरूले चाहेजस्तो जब हामी आफ्नो शिर निहुराउँदैनौं, त्यतिबेला हामी आक्रमणमा परिहाल्छौं। अर्थात उनीहरूले चाहेजस्तो नहुनासाथ हामी आक्रमणको सिकार भइहाल्छौं। चाहे सामाजिक सञ्जालमा होस् या भौतिक रुपमै किन नहोस्’, रोड्रिगो भन्छन्, ‘हामीले अलिकति शिर ठाडो पार्नसाथ आक्रमणको सिकार भइहाल्नु पर्छ। उनीहरू हामीलाई सदैव हेर्प लागिपरेकै हुन्छन्। तर, हामी झुक्दैनौं। हामीलाई झुकाउन त्यति सजिलो पनि छैन।’ 

फुटबल प्रसंशक र प्रहरीबीच झडप हुँदा ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोट खेल आधा घण्टा ढिला भएको थियो। यस क्रममा ब्राजिल र अर्जेन्टिनाका खेलाडीबीच पनि आरोप प्रत्यारोप भएको थियो। जसका कारण झन्डै आधा घण्टा खेल ढिलो भएको थियो। 

ब्राजिलको माराकाना स्टेडियममा उत्तेजित प्रसंशकलाई ब्राजिल र अर्जेन्टिनाका समर्थकले शान्त बनाउने प्रयास गरेका थिए। त्यस क्रममा ब्राजिलका कप्तान मार्किन्होस रोड्रिगोले अर्जेन्टिनाका कप्तान मेसीसँग बहस गरेका थिए। लामो बहसपछि खेल सुरु भएको थियो। सोही बहसका कारण रोड्रिगो नश्लवादी दुर्व्यवहारको सिकार बनेका थिए। निकै तनावपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाले १–० को जित निकालेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.