सौर्य र नवीकरण ऊर्जामा दुबईको छलाङ

सौर्य र नवीकरण ऊर्जामा दुबईको छलाङ

दुबई : पृथ्वीमा दिनानुदिन बढ्दै गइरहेको तापक्रम र जलवायु परिवर्तनको असरले अति प्रभावित हुने मुलुकमध्ये यूएई पनि एक हो । सन् १९९० देखि सन् २०२२ सम्मको अवधिमा औसत एक दशमलव २७ डिग्रीले यूएईको तापक्रम बढिरहेको तथ्यांकले देखाएको छ । यसलाई नियन्त्रण गर्न नसकिए सन् २०७० सम्म यूएईलगायत मध्यपूर्वको औसत तापक्रम ३५ डिग्रीभन्दा बढी हुने र त्यसले मध्यपूर्वको मानव जीवनलाई प्रभावित पार्न सक्ने निष्कर्षसहित यूएईले उत्सर्जन उत्पादनमा कमी ल्याई जलवायु परिवर्तनको असरलाई कम गर्न विभिन्न उपायहरू चाल्न सुरु गरेको हो ।

यूएईले सन् २०३० सम्म उत्सर्जन आधा कम गर्ने र सन् २०५० सम्म शून्य उत्सर्जन मुलुकमा दर्ज गर्ने प्रतिबद्धतासहित सन् २०१६ मा पेरिस सम्झौतामा हस्ताक्षर गरेको थियो । यसपालिको कोप–२८ सम्मेलनमा विशेषगरी यूएईले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्वपूर्ण एजेन्डाहरू छलफलका लागि अघि सार्नेछ । स्वच्छ ऊर्जा उत्पादनको मोडालिटी, विकसित देशहरूमा भएको कार्बन उच्च उत्सर्जनको कारण जलवायु परिवर्तनले प्रभावित मुलुकहरूलाई दिइने क्षतिपूर्ति (लस एन्ड ड्यामेज प्याकेज), नवीकरण ऊर्जा र आर्थिक स्रोतको उपायहरूका बारेमा सम्मेलनमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ ।      

सामुद्रिक किनाराको उचाइ वृद्धि, उच्चआद्रतामा वृद्धि, खडेरी र सुक्खायाम र मरुभूमिमा चल्ने बालुवासहितको आँधीबेहरीको मारमा मध्यपूर्वका देशहरू परेका छन् । जलवायु परिवर्तनको कारणले थप वृद्धि हुने भन्दै यसलाई कम गर्ने रणनीतिसहित यूएईले यो सम्मेलनको आयोजना गरेको हो । सम्मेलन क्षेत्रमा प्लास्टिकजन्य उत्पादनलाई प्रतिस्थापन गर्दै कागज र अन्य प्राकृतिक निर्मित सामान मात्रै प्रयोगमा ल्याइनेछ ।   

स्वच्छ ऊर्जा उत्पादन गर्ने रणनीतिअनुसार नै यूएई सरकारले अबुधाबीमा १ सय  मेगावाट क्षमताको साम्स सौर्य ऊर्जा केन्द्रको स्थापना गरेको छ । त्यसैगरी अबुधाबी मै रहेको मस्दार सिटी संसारकै एकमात्र पर्यवरणीय सहरका रूपमा विकास गरेको छ । जसमा ११ मेगावाट सौर्य ऊर्जाबाट उत्पादन गरिएको छ । यसैगरी सन् २०२० मा यूएई सरकारले २ गिगावाट क्षमताको दाफ्रा सोलार प्रोजेक्टको घोषणा गरेको छ । २० किलोमिटर वर्ग क्षेत्रफलभित्र बन्ने उक्त प्रोजेक्ट निर्माणको क्रममा छ । यसबाट संसारको सबैभन्दा सस्तो मूल्यमा बिजुली उत्पादन हुनेछ । जसको मूल्य माइनस ४ दसमलव ९७ दिराम अर्थात् १ सय ९३ रुपैयाँ प्रतिकिलोवाट ऋणात्मक हुनेछ । यसैगरी दुबई स्वच्छ ऊर्जा उत्पादन केन्द्रले सन् २०३० सम्म २५ प्रतिशत र सन् २०५० सम्म ७५ प्रतिशतभन्दा बढी उत्पादन सौर्य ऊर्जा र ऊर्जा नवीकरण प्रविधिबाट गरिने जनाएको छ ।null

दुबईले पनि ५ गिगावाट क्षमताको मोहम्मद बिन रसिद सौर्य ऊर्जा उत्पादन केन्द्रको घोषणा गरिसकेको छ । यसैगरी दुबई र अबुधाबीले सहरबाट उत्पादन हुने फोहोरलाई प्रयोग गरी ऊर्जा उत्पादन गरिरहेका छन् । यूएईले बिजुली गाडीको प्रबद्र्धनमा पनि जोड दिन थालेको छ । यूएईको कार बजारको एक प्रतिशतभन्दा धेरै बिजुली कारले ओगटेको छ । आजकल यूएईको बाटोभरी यत्रतत्र बिजुली कार दौडिएको देख्न सकिन्छ भने सार्वजनिक ट्याक्सीसमेत सौर्य ऊर्जाबाट सञ्चालित प्रयोगमा ल्याउन थालिएका छन् । 

यूएईले संसारभरमा हालसम्म ५० बिलियन डलर क्लिन इनर्जी प्रोजेक्टमा खर्च गरिसकेको छ भने सन् २०३० सम्म थप ५० बिलियन डलर खर्च गर्ने प्रतिबद्धता जनाएको छ । यूएईले गत अगस्त महिनामा अमेरिकासँगको साझेदारीमा थप १०० बिलियन डलर  क्लिन इनर्जी प्रोजेक्टमा खर्च गर्ने सम्झौता पनि गरेको छ । null

सौर्य ऊर्जा र ऊर्जा नवीकरण प्रविधिमा यूएईले गरेको छलाङलाई संसारभरले आश्चर्यजनक ढंगले हेरेको पाइन्छ । सम्भवत यूएई कोप–२८ दुबईमा आयोजना गरेर कार्बन उत्सर्जन घटाउन आफूले गरेको अनुकरणीय कार्यलाई विश्वसामु प्रदर्शन गर्न चाहन्छ । 

कोप–२८ सम्मेलन (संयुक्त राष्ट्र जलवायु परिवर्तन फ्रेमवर्क सम्मेलन) नोभेम्बर ३० तारिख अर्थात् मंसिर १४ गतेबाट दुबईमा सुरु हुँदैछ । १३ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ५० भन्दा बढी राष्ट्र प्रमुखहरूसहित झन्डै १ सय ९५ देशका प्रतिनिधिहरूले भाग लिनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित वनमन्त्री शक्ति बस्नेत नोभेम्बर २९ तारिक यूएई आउने कार्यतालिका छ । प्रधानमन्त्री दाहालले नोभेम्बर ३० तारिख यूएईमा रहेका नेपाली कामदार तथा व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको अबुधाबी दूतावासले जनाएको छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोभेम्बर ३० तारिख यूएई आइपुग्ने छन् । डिसेम्बर १ मा उनले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनले भने राष्ट्रपति सि चिङफिङका विशेष दूतका रूपमा दीन छुछियाङलाई पठाउने भएको छ । उनी चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् ।

उत्सर्जनका कारण हुने जलवायु परिवर्तनले पृथ्वीलाई पारेको असर र त्यसको न्यूनीकरणका बारेमा सम्मेलनमा छलफल हुनेछ । सन् २०२१ मा दुबईका राजा यूएईका उपरास्ट्रपति तथा प्रधानमन्त्री मोहम्मद बिन रसिद अल मक्तुमले सम्मेलनको घोषणा गरेका थिए । सम्मेलन दुबईको एक्स्पो सिटीमा हुनेछ । यही स्थानमा गत वर्ष दुबई एक्स्पो सम्पन्न भएको थियो । कार्यक्रम स्थललाई ग्रीन जोन र ब्लु जोन गरी दुई भागमा बाँडिएको छ । ब्लु जोनमा विश्वभरबाट आएका सरकारी प्रतिनिधिहरू, सरकार प्रमुखहरू, राष्ट्रध्यक्षहरूले सभा सम्मेलन गर्नेछन् भने ग्रीनजोन सर्वसाधारणलाई खुला गरिनेछ । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.