नेपालको सहभागितासँगै साउदीमा रियाद सिजन सकियो

नेपालको सहभागितासँगै साउदीमा रियाद सिजन सकियो
सुन्नुहोस्

साउदी : नेपालको सहभागितासँगै साउदी रियाद सिजन सकिएको छ। रियाद सहरस्थित अल सुवेदी पार्कमा अक्टोबर २८ बाट सुरु भएको हो। सिजनमा नेपाल पहिलो पटक सहभागी भएको हो। नेपालले नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य प्रस्तुत गरेको थियो। 

नेपाली गायिका  तिर्सना गुरुङसहित द कोल्याब ब्याण्डको समेत सहभागिता रहेको उक्त  कार्यक्रममा  साउदीमा कार्यरत स्थानीय नेपाली कलाकारहरू, नेपाली  नृत्य समूह , तामाङ घेदुङ साउदी किराँत राई यायोक्खा साउदी, सिर्जना  संस्कृति समूह, मगर संघ साउदी  लगायत जिल्लावासी अन्य नेपालीले नेपाली ढाका टोपीमा धर्म संस्कृतिको पहिचान र नेपाली परिकारको स्वादसहित  ब्याण्ड बाजामा झाकीको प्रदर्शन गरेका थिए।

साउदी सरकार द्वारा परिचालित जिईए (क्रस कल्चर)ले गरेको कार्यक्रममा नेपाले ३ दिनको समय पाएको थियो। कार्यक्रममा एक हजारभन्दा बढी नेपाली सहभागी भएका थिए। 

कार्यक्रममा गायिका तिर्सना गुरुङले गुराँसै फुल्यो, रेलैमा, के गर्यो तिम्रो मायाले, खनि हो यामु हे कान्छा, साँझको बेला, गाइने दाजैले सारंगी रेट्दैमा लगायतका चर्चित गीतहरूको प्रस्तुति दिएकी थिइन्। 

कार्यक्रममा श्रममन्त्री शरदसिंह भण्डारी, राजदूत नवराज सुवेदी, वाणिज्य दूत शत्रुधन सिंह पोखरेल, दूतावास परिवार लगायतको उपस्थित थियो। 

यस सिजनमा नेपालसहित  भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र सुडानको सहभागिता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.