एसीसी यू–१९ एसिया कप : बंगलादेशलाई उपाधि

एसीसी यू–१९ एसिया कप : बंगलादेशलाई उपाधि
सुन्नुहोस्

दुबई : बंगलादेशले एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको फाइनलमा घरेलु टोली यूएईलाई एक सय ९५ रनको फराकिलो अन्तरले हराउँदै बंगलादेशले पहिलो पटक उपाधि जितेको हो। बंगलादेशले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याएको यूएई २४.५ ओभरमा ८७ रनमा समेटिएको थियो। 

यूएईका ध्रुब परासरले सर्वाधिक २५ रन बनाए। उनले ३९ बलमा दुई चौका हिर्काए। अक्सत राईले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। यूएईले १४ रन अतिरिक्त रुपमा पाएको थियो। यूएईलाई धराशयी बनाउन बंगलादेशका मारुफ मृधा र रोहनत ब्रोसनले तीन/तीन विकेट लिए। यस्तै इकबाल हुसेन एमोन र शेख पइभेज जीबोनले दुई/दुई विकेट हात पारे।

यसअघि दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८२ रन बनाएको थियो। बंगलादेशका आसिकुर रहमान सिबलीले शतकीय पालि खेले। लामो समय क्रिजमा डटेका आसिकुरले एक सय ४९ बलमा एक छक्का र १२ चौकाको सहयोगमा  एक सय २९ रन बनाए।

यस्तै चौधुर मोहमद रिजवानले ६०, अरिफुल इस्लामले ५० र कप्तान मोहफिजुर रहमान रविले २१ रनको योगदान दिए। यूएईका तीब्र गतिका बलर आयमान अहमदले चार विकेट लिए। यस्तै ओमिद रहमानले दुई तथा हार्दिक पाई र ध्रुब परासरले एक/एक विकेट हात पारे। 

बंगलादेशले दोस्रो प्रयासमा उपाधि जितेको हो। यसअघि सन् २०१९ मा फाइनलमा स्थान बनाए पनि भारतसँग पाँच रनले स्तब्ध बनेको थियो। सेमिफाइनलमा बंगलादेशले बलियो टोली भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। यूएईले भने पाकिस्तानलाई स्तब्ध पारेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.