कला मन्दिरमा शास्त्रीय नाच

कला मन्दिरमा शास्त्रीय नाच
सुन्नुहोस्

चितवन : नारायणी कला मन्दिरमा मंगलबार फरक प्र्रस्तुति देखियो। संधैजसो आधुनिक गीत संगीतले गुञ्जिने कला मन्दिर यसपटक शास्त्रीय संगीतले गुञ्जियो। बालबालिकादेखि युवा उमेर समूह शास्त्रीय संगीतमा नृत्य ढाल्न ब्यस्त थिए। दर्शक त्यसैमा रमे। प्रशिक्षक स्वजन रघुवंशीबाट सिकेको भरत नाट्यमले कला मन्दिरको माहोल बेग्लै थियो। 

स्वजन रघुवंशीले एकल प्रस्तुति दिएका थिए।  महाभारतमा कौरव र पाण्डवबीच भएको जुवा र द्रोपतीको वस्त्र हरणलाई उनले शास्त्रीय नाचबाट ब्यक्त गरे। श्रीकृष्णको सहायताको कथाको प्रस्तुति दर्शकका लागि रोमान्चित बन्यो। निरन्तर ४५ मिनेटसम्म उनले प्रस्तुति दिए। रघुवंशीले भरत नाट्यम विधामा भारतबाट विद्यावारिधि गर्दैछन्। नारायणगढको स्मेल हेभन मोडल स्कुलका विद्यार्थीले पनि भरत नाट्यम प्रस्तुत गरेका थिए। समिरा सुनारको ‘राग’ले थप गुन्जयमान बनायो। विमल लामिछानेले शास्त्रीय संगीत सुनाए। पलेसा रघुवंशीको कुमारी चर्या नृत्यले माहोल संगीतमय बन्यो। 

पाँचदिने शास्त्रीय कार्यशाला (नृत्य प्रशिक्षण) गरिएको हो। नारायणी कला मन्दिरमा प्रशिक्षण लिएका ४३ जनाले शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए। उनीहरूले पाँच दिनको तालिम लिएका थिए। शास्त्रीय नृत्यले चितवनमा कला क्षेत्र थप फराकिलो हुने कला मन्दिरका अध्यक्ष सुवीर श्रेष्ठले बताए। ‘पाँच दिन ज्यादै कम समय भयो। सिक्न आउनेको रुचि देखेर फेरि गर्ने सोच बनाएका छौ’, उनले भने।

कार्यशाला नृत्य निर्देशक संघ चितवन शाखा र कला मन्दिरले संयुक्त रूपमा गरेको हो। नृत्य निर्देशक संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठले दोस्रो पटक कार्यशाला गरिएको बताए। ‘नाच सबैले जानेका हुन्छन्। त्यसमा पनि शास्त्रीय नाच, भरत नाट््यम निकै कठिन विधा हो। यसका लागि पनि रुचि हुनेहरू धेरै छन्’, उनले भने, ‘नृत्यको सामान्य ज्ञानलाई केलाउनका लागि पनि शास्त्रीय नृत्य आवश्यक रहने हुँदा यसपटक कला मन्दिरसँगको सहकार्यमा नयाँ खालको कार्यक्रम गरेका हौं।’ 

कला मन्दिरमा ‘भारत–नेपाल कल्चरल फेस्टिभल’अन्तर्गत सितार वादन, भरत नाट्यम तथा भारतीय साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। ‘हेर्दा सजिलो भए पनि भरत नाट्यम गाह्रो छ। १० वर्षदेखि ५६ वर्षसम्मका व्यक्तिहरू यो प्रशिक्षणमा सहभागी थिए। आधारभूत सिकाइमा पनि ६ महिना लाग्छ। अहिले सामान्य सिकाइ हो’, प्रशिक्षक रघुवंशीले भने, ‘पाँच दिनसम्मको सिकाइ धेरै नै भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.