कतारमा मृत्युदण्ड पाएका झापाका राउत स्वदेश फिर्ता

कतारमा मृत्युदण्ड पाएका झापाका राउत स्वदेश फिर्ता
सुन्नुहोस्

साउदी : वैदेशिक रोजगारीको क्रममा कतार पुगेर मुत्युदण्ड पाएका झापा कनकाई नगरपालिका- ४ त्रिवेणी टोलका सुवास राउत स्वदेश फर्किएका छन्।  उनलाई तीन वर्ष अगाडि कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो।

आफ्नै रुममा बस्ने खोटाङ्ग ऐँसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा कतार सरकारले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। राउतका अनुसार शुक्रबार बिदाको दिन भेटघाटका लागि अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको थिए। छलफलको क्रममा अनावश्यक विषयमा झगडा पर्दा छुरी प्रहारबाट राईको मृत्यु भएको र उक्त घटनामा आफू निर्दोष रहेता पनि राईको मृत्युका कारण आफूलाई  समातेर कतार सरकारले दोषि ठहर गर्दै तीन वर्ष जेल सजाय, ब्लड मनी स्वरूप ९० लाख रूपैयाँ वा मृत्युदण्डको सजाय सुनाएको बताए। 

राउतलाई मृत्युदण्डको सजाय सुनाएसँगै उद्दार गर्न आफन्त तथा स्थानीयबासीको पहलमा ब्लडमनि तिर्नका लागि आवश्यक रकम सङ्कलन कार्य सुरु गरिएको थियो। राउतलाई स्वदेश फर्काउनका लागि तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समिति समेत गठन गरेर उक्त समितिको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट २० लाख २४ हजार ६ सय ५० रुपैयाँ रकम सङ्कलन गरेको थियो ।

मृतक राईको परिवारसँग छलफल गरि व्लड रकम स्वरुप १५ लाख रूपैँया हस्तान्तरण गरिएको थियो। पीडित परिवारलाई रकम बुझाए लगतै आवश्यक प्रक्रिया पुरा गरि उनी तीन वर्ष जेल सजाय कटाएर दुईसाता अघि स्वदेश फिर्ता भएका हुन्। उनको बचाउ अभियानबाट बचेको रकममध्येबाट २ लाख ५० हजार रुपैँया स्थानीय कनकाई बालविकास केन्द्रलाई हस्तान्तरण समेत गरिएको छ। उनीसँगै परिवारमा आमा ,दुई छोराछोरी, श्रीमती रहेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.