वीरगन्जमा जारी टि-२० क्रिकेट : नोयडासँग युपी ७ विकेटले पराजित

वीरगन्जमा जारी टि-२० क्रिकेट : नोयडासँग युपी ७ विकेटले पराजित
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तरगत मंगलबार भएको पहिलो खेलमा भारतको वन्डर्स क्लब नोयडा विजयी भएको छ। नोयडाले भारतकै युपी– ११ लाई ७ विकेटले हराएको हो। 

नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा युपी–११ ले दिएको ११५ रनको लक्ष्य नोयडाले १५ ओभर खेल्दै  ३ विकेटको क्षतिमा पूरा गर्यो। 

नोयडाका लागि हर्षित सेठील सर्वाधिक अविजित ४५ रनको योगदान दिए । उनले ३१ बलमा ४५ रन बनाए। सिद्धार्थ गोस्वामीले २२ बलमा २७ रन र उजैर मल्लिकले २६ बलमा २२ रन जोडे। 

बलिङतर्फ युपी–११ का सत्या तिवारी एक्लैले दुई विकेट लिए भने सहिम हसनले एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको युपी– ११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियो। युपी– ११ का लागि  जयदीप सिंहले ३२ बलमा २३ रन,अत्समास आलमले १४ बलमा १६ रन र समीर अन्सारीले १८ बलमा १४ रन बनाए।

बलिङतर्फ नोयडाका सञ्जीव चतुर्वेदी र शशांक शेखरले समान दुई/दुई विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.