प्रहरीको गोली लागी दुई युवकको मृत्यु प्रकरण

उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकार तयार, प्रस्ताव ल्याउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकार तयार, प्रस्ताव ल्याउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रहरीको गोली लागी दुई जनाको ज्यान जानेगरी शुक्रबार बालकुमारीमा भएको घटनाको छानबिन गर्न उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकार तयार भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वन्यायाधीशको अध्यक्षता हुनेगरी उच्चस्तारीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार निर्देशन दिएका छन्। उनले जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम प्रस्ताव ल्याउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

गृहमन्त्री श्रेष्ठले प्रस्ताव लगेपछि भोलि (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग गठन गर्नेबारे निर्णय गर्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार उक्त आयोगले भोलिदेखि नै काम सुरू गर्नेछ। 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गरेको थियो। पार्टीका सूचना विभाग प्रमुख मीन विश्वकर्माले आयोजित पत्रकार सम्मेलनमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गरेका थिए।

गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहीको मृत्यु भएको थियो। ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले सावधानी नअपनाउँदा घटना घटेको सुरक्षा विज्ञहरूले बताएका छन्।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन्।

घटनाको निष्पक्ष छानविन गर्न गृहले प्रमुख जिल्ला अधिकारी पण्डित र प्रहरी प्रमुख एसएसपी शाहलाई फिर्ता बोलाएको छ भने इपीएस शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी, ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओ सहायक प्रहरी निरीक्षक बोधराज दनुवारलाई निलम्बन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.