बचतकर्ताको १ अर्ब बढी रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा सिल

बचतकर्ताको १ अर्ब बढी रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा सिल
सुन्नुहोस्

वीरगन्ज : बचतकर्ताहरूको १ अर्बभन्दा बढी निक्षेप रकम हिनामिना गरेको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वीरगन्जस्थित शाखा कार्यालयमा वीरगन्ज महानगरपालिकाले शिलबन्दी गरेको छ। 

उक्त सहकारीलाई पाँच महिना पहिला नै समस्याग्रस्त सहकारी घोषणा गरेर सञ्चालकहरूलाई पक्राउ गर्न विभिन्न निकायमा पत्राचार गरेको महानगरपालिकाले बिहीबार भने कार्यालयमा शिलबन्दी गरेको हो। 

महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा बिहीबार वडाध्यक्ष जयप्रकाश अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव र प्रहरी सहायक निरीक्षक राम ईश्वर महतोको रोहवरमा शिलबन्दी गरिएको महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखा प्रमुख सुनिल कुमार कर्णले बताए।   

गत भदौ ४ गते महानगरपालिकाले उक्त सहकारीका सञ्चालकहरूलाइ पक्राउ गरी कारबाही गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी ) र नेपाल राष्ट्र बैंकलाई भदौं ४ गते छुट्टा छुट्टै पत्रचार गरेको थियो। 

तीनवटै निकायमा पठाइएको पत्रमा उक्त सहकारी संस्थाले सहकारीजन्य ठगीको कसूर गरी संस्थाका सदस्यहरुले बचत गरेको करिब १ अर्ब रकम हिनामिना गरी फिर्ता नगरेको देखिएकाले उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी सहकारीका संस्थापक एंव संरक्षक गितेन्द्रबाबु (जिबी) राई ,अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ , सचिव देवेन्द्रबाबु राई , कोषाध्यक्ष कुमार रम्तेल , सदस्य अशोक यादव ,  थानबहादुर बुढामगर र धिरज दास , संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल , पूर्व सचिव तस्बिरन मियाँ , पुर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरिएको थियो।     

शाखा प्रमुख कर्णका अनुसार सानो पाइला सहकारीले सदस्यहरुले बचत गरेको निक्षेप रकम फिर्ता गर्न नमानेको भन्दै महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ। ती सबै उजुरीमा गरी उक्त सहकारीले १ अर्बभन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको पाइएको पनि कर्णले जानकारी दिए। 

काठमाडौंको कालीमाटीमा केन्द्रीय कार्यालय भएको सानो पाइला सहकारीको वीरगन्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते बचतकर्ता सदस्यहरूले प्रदर्शन गर्दै धर्ना पनि दिएका थिए। हाल उक्त कार्यालय बन्द छ। कार्यालय बाहिर लगाइएको संस्थाको साइनबोर्ड पनि हटाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.