साउदीमा पनि मनाइयो तमु ल्होसार

साउदीमा पनि मनाइयो तमु ल्होसार
सुन्नुहोस्

साउदी : साउदी अरेबियामा कार्यरत  गुरूङ समुदायले तमु ल्होसार कार्यक्रम भव्य रूपमा मनाएका छन्। ह्इही ल्हो (बिरालो वर्ग) बिदाई र मुप्री ल्हो (गिद्धा वर्ग) लाई स्वागत गरी तमु संस्कार, संस्कृति, परम्परा र पहिचान झल्किने सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (भोज) ल्होछार शुभकामना आदान प्रदान सहितको कार्यक्रम आयोजना गरी तमु ल्होसार मनाएका हुन्।

तमु धि नेपाल प्रवास शाखा तथा क्षेत्रीय समिति रियादद्वारा आयोजित तमु ल्होसार, प्रथम वार्षिक उत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रममा तुम ल्होसार बारे जानकारी दिएको थियो। 

कार्यक्रममा उपस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डम्वरु बल्लभ पौडेलले गुरुङ जातिको नयाँ वर्षका रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको र तमु ल्होसारले  नेपाली समाजमा सद्भावना बढाउँदै आएको जानकारी गर्दै  यो पर्वले मुलुकमा शान्ति, सद्‌भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने गरेको बताए।

नेपाली दूतावासले साउदीमा कार्यरत नेपालीहरूको हकहितका लागि स्रोत साधनले भ्याएसम्म सहयोग गर्ने र सरकारले नै नेपाली कामदारको अनुभवको प्रयोग गरि स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए भने अन्य अतिथिहरूले ल्होछारको शुभकामना दिएका थिए।

कार्यक्रममा साउदी रहेको नृत्य समूहले गुरुङ समुदायको गीतमा आफ्ना नृत्य प्रस्तुत गर्नुको साथै आयोजकले विभिन्न झाँकीसहित मौलिक भेषभुषामा संस्कृत झल्काउने झाकी देखाएका थिए साथै अन्य समुदायका मानिस पनि आफ्नो भेषभुषासहित कार्यक्रममा सहभागी भएका थिए। 

कार्यक्रम सहयोग गर्नेलाई सम्मान पत्र वितरण गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.