अमेरिकाको संघीय सांसदमा उठ्दै भण्डारी

अमेरिकाको संघीय सांसदमा उठ्दै भण्डारी
सुन्नुहोस्

अमेरिका : नेपालीमूलका अमेरिकी राज्य सांसद ह्यारी भण्डारीले अमेरिकाको संघीय सांसद पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। दोस्रो कार्यकालका लागि मेरिल्यान्डको राज्य सांसद रहेका भण्डारीले अमेरिकाको तल्लो सदन (कंग्रेस)का लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।  

भण्डारी सन् २०१९ देखि मेरिल्यान्डको राज्य सांसद छन्। भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी मे १४ मा हुने डेमोक्रेटिक पार्टीका तर्फबाट आफूले उम्मेदवारी दिन लागेको बताएका हुन्। मेरिल्यान्डको सेकेन्ड डिस्ट्रिक्टबाट तल्लो सदनमा ११ औं कार्यकालका प्रतिनिधित्व गर्दै आएका ७८ वर्षीय सांसद डच रुपर्सबर्गरले चुनाव नलड्ने घोषणा गरेपछि भण्डारीले उनको स्थानमा उम्मेदवारी घोषणा गरेका हुन्। 

प्राइमरी चुनाव जितेकामा डेमोक्र्याटहरूको बाहुल्यता रहेको क्षेत्रबाट क्यापिटल हिलका लागि भण्डारीको यात्रा सहज हुने अनुमान गरिएको छ। अमेरिकामा आगामी नोभेम्बरमा संघीय सांसदको निर्वाचन हुँदैछ। संघीय सांसदलाई कंग्रेस म्यान भनिन्छ। 

प्राइमरी चुनाव हारेमा भने भण्डारीको संघीय सांसद यात्रा रोकिनेछ। राज्य सांसद भण्डारीले यहाँ रहेका नेपाली समुदायलाई महत्वपूर्ण सहयोग गर्दै आएका छन्। उनले कोरोना महामारीका बेला नेपालमा सहयोग पठाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भण्डारी नेपालको पर्वत जिल्लामा जन्मिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.