साउदीमा श्रमिक सचेतना तथा पासपोर्ट नवीकरण शिविर

साउदीमा श्रमिक सचेतना तथा पासपोर्ट नवीकरण शिविर

साउदी : महावाणिज्य दूतावास जेद्दा तथा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दाको संयुक्त आयोजनामा श्रमिक सचेतना, स्वास्थ्य परीक्षण तथा राहदानी नवीकरण कार्यक्रम  सम्पन्न भएको छ।

२ फरवरी २०२४ शुक्रबार दिन जेद्दा स्थित अल रवाबी क्षेत्रको इनिसियल कम्पनीमा आयोजना गरिएको कार्यक्रममा  करिब २ सय ४० जना नेपालीहरुको  उपस्थिति रहेको  थियो।

कार्यक्रममा ४६ जना नेपालीहरुले पासपोर्ट नवीकरण सेवा लिनुको साथै ३५ जना नेपालीहरुले बैंकिङ सेवा लिएका थिए।

जेद्दा अबिर हस्पिटलका डाक्टर तथा नेपाली नर्सद्वारा गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा ब्लड प्रेसर, ब्लड सुगर, कोल्स्टोर, युरिक एसिड, चेक गर्नुको साथै वरिष्ठ डाक्टरद्वारा परामर्श गरिएको  साथै  परीक्षण गरिएको स्वास्थ्य अवस्था बारे  सेवाग्राहीलाई  हेल्थ कार्ड समेत प्रदान गरिएको थियो। जसमा २ सय १० जना नेपालीहरुले स्वास्थ्य परीक्षण गराएका थिए।

कार्यक्रममा महावाणिज्य दूत शत्रुधन  पोखरेलले   वाणिज्य दुतावास जहिले पनि नेपाली कामदारको हक हितको लागि सदैव तयार रहेको र अभिभावकको भूमिका निर्वाह गर्न तत्पर रहेको बताए भने यस्ता कार्यक्रमले नेपाली श्रमिकलाई थप सहयोग पुगेको भन्दै कार्यक्रम आयोजकलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि दुतावाससले यस्ता कार्यक्रम सहकार्य गर्ने बताए।

त्यस्तै वाणिज्य दुतावासका  श्रम सहचारी तम्रराज काफ्लेले श्रमिक सचेतना सम्बन्धी विविध विषयमा  तयार पारिएको स्लाइडहरु देखाउँदै श्रमिक समस्या तथा समाधानका  सम्बन्धमा  जानकारी दिएका थिए। कार्यक्रममा ग्लोबल आइएमई  गल्फ इन्चार्ज राम क्षेत्रीले बैङिक साक्षरता तथा  विदेशमा कमाएको पैसा वैधानिक रुपमा  नेपाल  ट्रान्सफर गर्न आग्रहसमेत गरेका थिए। कार्यक्रमको सभापतित्व एनआरएन आइसीसी अध्यक्ष  डिपी अर्यालले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.