विकटका ६ वडा समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव सर्वसम्मतले पारित

विकटका ६ वडा समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव सर्वसम्मतले पारित
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अछाम : साँफेबगर नगरपालिकाका ६ वटा वडाहरूले छुट्टै पालिकाको माग गर्दै पेश गरेको प्रस्ताव पारित भएको छ ।  नगरपालिकाका विकट वडाहरू ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगरसभाको १२ औं अधिवेशनले पारित गरेको हो । 

६ वडाका छुट्टै पालिका बनाउने विषयमा सभामा नगरसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेक थिए । ६ वडा अध्यक्षसहित २४ जना नगरसभा सदस्यहरूले हस्ताक्षर गरेको प्रस्ताव नगरसभामा पेश भएको थियो । विकासको दृष्टिकोणले पछाडि पारिएका र प्रशासनिक सुगमताका लागि पनि छुट्टै पालिका अतिआवश्यक रहेको वडा नम्बर १० घुघुरकोटका वडाअध्यक्ष ललित बोगटीले बताए । 

नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले सर्वसम्मत पारित गरिएको प्रस्ताव प्रदेशमा पठाउने जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३ अनुसार छुट्टै पालिका बनाउन सकिने व्यवस्था रहेको छ ।  नयाँ पालिका बनाउन नगरसभाबाट उक्त प्रस्ताव दुई तिहाई सदस्यहरूको समर्थनमा पारित हुनुपर्दछ ।

 प्रस्ताव पारित भएपछि १५ दिनभित्र प्रदेश सरकारलाई पेश गर्नुपर्छ र प्रदेशले संघ सरकारमा जस्ताको जस्तै पेश गर्ने प्रावधान रहेको छ । विकटका ६ वडाहरूलाई समेटेर छुट्टै पालिका हुनुपर्ने विषयको बहस पहिलो स्थानीय तहको निर्वाचन २०७४ पछि हुन थाले पनि विधिवतरुपमा नगरसभामा यो पटक प्रस्ताव पेश भएको थियो ।

 ६ वडाहरूको जनसख्या ११ हजार ५ सय ९९ रहेको छ भने क्षेत्रफल करिब एक सय बर्ग किलोमिटर रहेको छ ।  अधिवेशनमा व्यवसाय दर्ता विधेयक २०८०,पुर्नस्थापना केन्द्र तथा सेवा कोष ऐन २०८०,खानेपानी तथा सरफाइ ऐन ,शिक्षा ऐन दोस्रो संशोधन पारित भएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.