मधेशमा शान्ति सुरक्षाको अवस्था चुस्त पार्न गृहमन्त्रीको निर्देशन

मधेशमा शान्ति सुरक्षाको अवस्था चुस्त पार्न गृहमन्त्रीको निर्देशन
सुन्नुहोस्

बर्दिबास : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेशको शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न प्रदेश सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका  छन्।

बिहीबार  महोत्तरीको बर्दिबासमा आयोजित सुरक्षा समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मधेश प्रदेशको शान्ति सुरक्षाका लागि समन्वय गरेर काम गर्न प्रशासनिक तथा सुरक्षा निकायहरूलाई निर्देशन दिएका हुन्।

कार्यक्रममा महोत्तरी तथा धनुषाका सीडीओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका थिए।


रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न,त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न,सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन्।

गृहमन्त्री श्रेष्ठले सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको बताएका थिए।  धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्कन नदिन  र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक विधिबाटै नियन्त्रण गर्न उनले प्रशासनिक र सुरक्षा निकायलाई निर्देशन दिए।

सीमामा राजस्व चुहावट नियन्त्रण गर्न,राजस्व बढाउन,अबैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ। मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्न समेत उनले निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.