कर्णालीको अब आफ्नै पोसाक

कर्णालीको अब आफ्नै पोसाक

सुर्खेत : कर्णाली प्रदेशले खेलाडीका लागि नयाँ जर्सी तयार गरेको छ। अब कर्णालीका खेलाडीले प्रदेशको पहिचान र चिनारी झल्किने जर्सी लगाएर खेल्ने भएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीका लागि जर्सी र मार्चपासमा लगाउने पोसाक तयार पारेको हो। अब यही जर्सीमा कर्णालीका खेलाडीले देशभित्र हुने हरेक खेलमा प्रतिस्पर्धा गर्ने छन् भने मार्चपासमा पनि परिषद्ले तयार पारेको पोसाक नै लगाउने छन्।

खेलाडीले लगाउने जर्सीमा कर्णालीका प्रमुख पर्यटकीय स्थल, प्रदेशमा पाइने दुर्लभ वन्यजन्तु र हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको आकृति राखिएको छ। यस्तै जर्सी रातो र निलो गरी दुई रंगको छ भने पोसाक एउटा रंगको मात्र छ। परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले जर्सी र पोसाक महिला तथा पुरुष खेलाडीले लगाउन मिल्नेगरी तयार पारिएको जानकारी दिए। उनका अनुसार जर्सीमा कर्णाली झल्किने आकृति र चिन्ह राखिएको छ भने मार्चपासमा प्रयोग हुने पोसाकमा कर्णालीमै उत्पादन हुने अल्लोको कपडासमेत प्रयोग गरिएको छ।

खेलाडीको जर्सीमा नेपालको झन्डा, परिषद्को लोगो, नेपालको सबैभन्दा लामो कर्णाली नदी, कर्णालीमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा, कर्णालीकै हिमाल, दैलेखको पञ्चदेवल, मुगुको राराताल, सुर्खेतको काँक्रेबिहार र कर्णालीको हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु याकको आकृति राखिएको छ। यस्तै मार्चपासमा प्रयोग हुने पोसाकअन्तर्गत टोपी र सुटमा नेपालको झण्डा, परिषद्को लोगोसहित कर्णाली झल्किने चिन्ह र आकृति राखिएको छ। परिषद्को बोर्ड बैठकले कर्णालीको पहिचान झल्किने जर्सी र पोसाक बनाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार कर्णालीका खेलाडीको लागि खेलकुद जर्सी र पोसाक तयार पारिएको सदस्यसचिव सन्ज्यालले जानकारी दिए। 

‘अब कर्णालीका खेलाडीले आफ्नै पहिचान झल्किने जर्सी लगाएर खेल्नेछन्’, सदस्यसचिव सन्ज्यालले भने, ‘हाम्रो जर्सी र पोसाक देख्नेबित्तिकै कर्णालीका खेलाडी भन्ने थाहा हुनेछ। देशभित्र हुने सबै प्रतियोगितामा कर्णालीका खेलाडीले अब यही जर्सी र पोेसाक लगाउने छन्।’ उनका अनुसार यो जर्सी र पोसाकलाई परिषदले कानुनी रुपमा नै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गर्ने तयारी गरेको छ। दर्ता भएपछि अन्य प्रदेशले कर्णालीले निर्माण गरेको जर्सी र पोसाकको रंगसँग मिल्ने कुनै पनि जर्सी र पोसाक बनाउन पाउने छैनन्। परिषद्ले तयार पारेको जर्सी र पोसाक खेलाडीलाई प्रदान गरिने भन्दै उनले खेलसँगै कर्णालीको पहिचान र चिनारी पोसाकमार्फत झल्किने सञ्ज्यालको भनाइ छ।

कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको छ। यसका लागि आवश्यक भौतिक पूर्वाधार र खेलाडी उत्पादनमा आफूहरू जुटेको सन्ज्यालले बताए। १०औं राष्ट्रिय खेलकुदका लागि तयार हुने मस्कटमा पनि कर्णालीका हिमालमा पाइने दुर्लभ बन्यजन्तु याकको आकृति राखिने उनले बताए। यसका लागि राष्ट्रिय खेलकुद परिषद्मा प्रस्ताव गरिसकिएको छ। आगामी मंसिरमा कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि तयारीका कामहरू भइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.