जलवायु परिवर्तनको असरप्रति सजग होऔं

जलवायु परिवर्तनको असरप्रति सजग होऔं
सुन्नुहोस्

जलवायु परिवर्तनमा नेपालको प्रमुख भूमिका  छैन। तर, जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने स्वास्थ समस्याबाट भने नेपाल अछुतो रहने अवस्था छैन। बर्सेनि देखिँदै आइरहेका मौसमी संक्रामक रोगहरू झेल्नु त परेकै थियो। अब पुराना संक्रामक रोगहरूले पुनरागमन गरिरहेको संकेतहरू देखिन सुरु भइसकेको छ। 

  • अनुसन्धान गरौं 

हाल डेंगु पहाडी क्षेत्रमा मात्र नभई हिमाली भेगमा समेत देखिन थालेको भन्ने सरकारी तथ्यांकले  देखाउँछ। अब लामखुट्टे कुनै ठाउँ विशेषमा मात्र सीमित नभएको  देखिन्छ। यसको पुष्टि गर्न थप अध्ययन अनुसन्धानबाट गर्न भने आवश्यक छ। डेंगु भाइरसलगायत अन्य भाइरसका बारेमा अनुसन्धान गर्नु अति आवश्यक छ।  

  • जनावरबाट सर्ने जोखिम 

जलवायु परिवर्तनले जंगली जनावरको बासस्थान अथवा आहारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव परिरहेको छ। मानिस र जनावरबीचको सामिप्यता पनि बढ्दै गएको छ। जनावरबाट  मान्छेमा सर्ने संक्रमणहरूको जोखिम बढ्दै गइरहेको छ। नेपालमा रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट मात्र नभई जंगलबाट आउने स्यालको टोकाइबाट पनि हुने गरेको छ। 

  • पहिचानमा ढिलाइ नगरौं 

फरक भौगोलिक स्थानमा संक्रमण देखिए पनि सोको पहिचान, उपचार र रोकथाममा ढिलाइ गर्नुहुँदैन। समयमै पहिचान गरी रोकथाममा ध्यान दिनु जरुरी छ। यसो गर्न सके स्वास्थ्य जोखिमसँग डराउनु पर्दैन। मानवीय क्षति पनि हुन पाउँदैन।  

  • योजना बनाएर कार्यान्वयन गरौं 

जलवायुमा देखिन सक्ने परिवर्तनबाट विभिन्न  स्वास्थ समस्याहरू देखिएका छन्। भविष्यमा नयाँ–नयाँ स्वास्थ्य समस्याहरू उत्पन्न हुने जोखिम पनि उक्तिकै छ। त्यसैले  पूर्वतयारीका साथ योजना बनाइ कार्यान्वयनमा ध्यान दिनु आवश्यक भइसकेको छ।

(डा. पुन, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.