अष्ट्रेलियामा मनाइयो सोनाम ल्होसार

अष्ट्रेलियामा मनाइयो सोनाम ल्होसार
सुन्नुहोस्

अष्ट्रेलिया : एडिलेडसहित अष्ट्रेलियाका विभिन्न शहरहरुमा सोनाम ल्होछार मनाइएको छ। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ पर्वका रुपमा सोनाम ल्होसार मनाउने गर्दछन्। 

मञ्जुश्री पात्रोअनुसार शनिबारबाट २८६० औं वर्ष सुरु भएको छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरी तामाङ सोसाइटी अफ साउथ अष्ट्रेलियाले खरायो वर्षलाई बिदाई गरी ड्रागन (मेघ) वर्षलाई स्वागत गरेको हो।

 null

कार्यक्रमलाई सम्बोधन गर्दै साउथ अष्ट्रेलिया संसदमा विपक्षी दलकी नेतृ जिङ लीले संस्कृति परम्पराहरुलाई जोगाउदै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइन्। परम्परा अनुसार लामाद्वारा मन्त्रोउच्चारणसहित भगवान बुद्धको प्रतिमामा पूजा गरेर शुरु गरिएको कार्यक्रममा नेतृ लि ले दीप प्रज्वलन गरेकी थिइन्।

सोसाईटीकी अध्यक्ष अनु घिसिङको सभापतित्वमा भएको कार्यक्रममा तामाङसहितका नेपालका विविधता झल्कने सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो। सोसाइटीले २०१३ देखि एडिलेडमा सोनाम ल्होसार मनाउँदै आएको छ। घिसिङले प्रवासमा पनि मौलिक संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताइन्। कार्यक्रममा ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने भाक्पा नृत्य प्रदर्शन गरिएको थियो। नृत्यलाई गुरु रिम्पोचेको नृत्यका रुपमा लिने गरिन्छ।

यसैगरी सिड्नी, मेलवर्न तथा पर्थमा समेत विविध सास्कृतिक कार्यक्रम गरेर सोनाम ल्होसार मनाइएको तामाङ सोसाइटीका अगुवा छेदा लामाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.