प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा परिषदको प्रतिवेदन

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा परिषदको प्रतिवेदन
तस्बिर : राष्ट्रपतिको कार्यालय।
सुन्नुहोस्

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले  राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन्। 

संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन  राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाहालले पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । 

उक्त समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,अर्थमन्त्री डा .प्रकाशशरण महतलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.