गेटा अस्पताल सञ्चालनमा लापरवाही, भवन बुझ्‍नै आनाकानी

गेटा अस्पताल सञ्चालनमा लापरवाही, भवन बुझ्‍नै आनाकानी
तस्बिर : अन्नपूर्ण

धनगढी : गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिले गेटा अस्पताललाई भवन बुझ्नका लागि पत्राचार गरेको एक महिना भयो । तर अस्पतालले अझै भवन बुझेको छैन । भवन स्वामित्वमा नआउँदा अस्पतालका सबै बाँकी कामहरू अलपत्र परेका छन् ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिले ६ सय शैयाको अस्पताल भवन,अक्सिजन प्लान्ट भवन,लाउन्ड्री भवन,उपकरण निर्मुलीकरण गर्ने भवन (अटोक्लेव भवन), बिरामीको कुरुवा भवन र शव गृह बुझ्न भन्दै अस्पताललाई माघको पहिलो हप्ता पत्र काटेको थियो।

‘अस्पतालका लागि आवश्यक पर्ने यी सबै भवनहरू निर्माण भइसकेका छन् । हामीले बुझ्नका लागि पत्राचार गरेको पनि एक महिना भयो, तर अस्पतालका प्रमुख नभएकाले हस्तान्तरण हुन सकेको छैन,'गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक बैकुण्ठ सुवेदीले भने । 

अस्पतालले डाक्टर विप्लव सापकोटाको नेतृत्वमा डाक्टर शंकर अधिकारी,शाखा अधिकृत खगेन्द्रराज जोशी,लेखा अधिकृत मदनराज पाण्डे,सिनियर अहेव नैनसिह कार्की,नर्सिङ अधिकृत मञ्जु ऐर र बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतसहितको भवन रुजु समिति गठन गरेको छ । 

‘समितिले भवन,भवनमा जडान भएका फर्निचर र अन्य सामानहरू सबै रुजु गरिसकेको दुई हप्ता भइसक्यो तर, निर्देशक जोशी कार्यालयमा नआएका कारण हस्तान्तरण प्रकृया अगाडि बढन सकेको छैन । डाक्टर साप आउने वित्तिकै भवनहरू हस्तान्तरण हुन्छन्,' प्रशासन शाखाका अधिकृत खगेन्द्रराज जोशीले भने ।

अस्पतालको स्वामीत्वमा भवन नआएका कारण कुनै पनि उपकरणको खरिद हुन सकेका छैनन् । नेपाल सरकारले चालु आर्थिक वर्षमा गेटा अस्पतालका लागि ८४ करोड रकम विनियोजन गरेको छ । तर भवनहरू स्वामित्वमा नआएको भन्दै अस्पताल प्रशासनले कुनै पनि उपकरण खरिद गरेको छैन भने आईसीयु, एनआईसीयु सेटअप गर्न सकेको छैन । 

‘खरिदको टेन्टर गर्दा त्यो सामान कता जडान गर्ने भन्ने कुराको पनि ग्यारेन्टी हुनुपर्छ । भवन हाम्रो स्वामीत्वमा आएको छैन । त्यसैले उपकरण खरिद हुन सकेको छैन,'अस्पतालका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतले भने, ‘अस्पतालको भवन हस्तान्तरण नहुँदासम्म हामीले केही पनि गर्न मिल्दैन ।’

अस्पतालको भवन हस्तान्तरणका लागि दुई हप्ता ढिलो भएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले स्वीकार गरे । ‘म काठमाडौंमा भएकाले भवन हस्तान्तरणमा दुई हप्ता ढिलो भएको छ, तर अब सोमबारसम्म म फर्किहाल्छु,त्यसपछि भवन हस्तान्तरण पनि हुन्छ,त्यसको केही दिनमै कर्मचारी पदपूर्तीको काम पनि अघि बढछ,'निर्देशक जोशीले भने ।

जोशी सुरुवातदेखि नै गेटा अस्पताल सञ्चालनका लागि निर्देशक नियुक्त भएका थिए । भवन हस्तान्तरण नभएकै कारण यसअघि उपकरणका लागि गरिएको टेन्डर पनि विवाद आएपछि रद्ध गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.