कर्णालीको जर्सी राखेपमा दर्ता

कर्णालीको जर्सी राखेपमा दर्ता
सुन्नुहोस्

सुर्खेत : कर्णालीले तयार पारेको खेल पोसाक दर्ता भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदले तयार गरेको जर्सी र पोसाक दर्ता भएको हो। हालै सार्वजनिक गरिएको खेलाडीको जर्सी र पोसाक राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएको छ। 

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वामित्र संज्यालले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा कर्णालीको खेल पोसाक दर्ता गराएका हुन्। राखेपमा दर्ता भएसँगै अब कर्णालीको जर्सी र पोसाकसँग मिल्दोजुल्दो रंग र आकृतिमा जर्सी र पोसाक अरूले प्रयोग गर्न पाउने छैनन्। यो जर्सी र पोसाक अब कर्णालीका खेलाडीले देशभित्र आयोजना हुने सबै प्रकारका खेल प्रतियोगितामा लगाउने छन्। 

कर्णालीको पहिचान झल्किने गरी तयार भएको जर्सी र पोसाकमा अब कर्णालीका खेलाडीलाई देख्न सकिने छ। कर्णालीको खेल जर्सी रातो र निलो गरी दुईवटा रंगको छ। यस्तै मार्चपासमा प्रयोग हुने पोसाक भने एउटा रंगको मात्र रहेको छ।    

खेलाडीको जर्सीमा नेपालको झण्डा, परिषद्को लोगो, नेपालको सबैभन्दा लामो कर्णाली नदी, कर्णालीमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा, कर्णालीकै हिमाल, दैलेखको पञ्चदेवल, मुगुको राराताल, सुर्खेतको काँक्रेविहार र कर्णालीको हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु याकको आकृति राखिएको छ। 

यस्तै मार्चपासमा प्रयोग हुने पोसाक अन्तर्गत टोपी र सुटमा नेपालको झण्डा, परिषदको लोगोसहित कर्णाली झल्किने चिह्न र आकृती राखिएको छ। यो पोसाक कर्णालीमै उत्पादन हुने अल्लो र भाँगोको रेसाबाट तयार पारिएको हो। 

परिषदका सदस्यसचिव संज्यालले कर्णाली प्रदेशले दर्ता गराएको खेल पोसाक अब कर्णालीका खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिता र अन्तरप्रदेश स्तरीय प्रतियोगितामा लगाउने जानकारी दिए। उनले भने,‘आजसम्म कर्णालीको आफ्नै पहिचान दिने जर्सी थिएन, अब कर्णालीका खेलाडीहरु राष्ट्रिय स्तरका प्रतियोगितामा प्रदेशको पहिचान झल्किने पोसाकमा देखिने छन्।’ 

यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले राखेपको इतिहासमा पहिलो पटक कर्णालीले खेल पोसाक दर्ता गरेको भन्दै प्रशंसा गरे। उनले भने,‘राखेपको इतिहासमा यो नयाँ काम भएको छ, कर्णालीले पोसाक दर्ता गरेर खेल पोसाकको महत्वलाई स्थगित गर्‍यो।’ 

यो खेल पोसाकले कर्णालीको पहिचानलाई समेटेको भन्दै उनले यसले खेलाडीको मनोवलसमेत उच्च हुने विश्वास व्यक्त गरे। कर्णालीले आफूले तयार पारेको खेल जर्सी र पोसाक दर्ता गर्नका लागि राखेपमा प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई राखेपले स्वीकार गर्दै कर्णालीको खेल पोसाक दर्ता गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.