साउदीमा  भव्यरुपमा मनाइयो  सोनाम ल्होसार

साउदीमा  भव्यरुपमा मनाइयो  सोनाम ल्होसार
सुन्नुहोस्

साउदी : नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले मञ्जुश्री  संवत २८ ६०  औं (डुक(मुपुख्री) गरुड सोनाम  ल्होसार तथा बृहत  साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएको छ।

१६ फरवरी २०२४ का शुक्रबारका दिन रियाद शहरको एक्जिट ९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको विशिष्ट आतिथ्य तथा नेपाली राजदुत नवराज सुवेदीको प्रमुख आतिथ्यमा  कार्यक्रम गरिएको थियो। परम्परा अनुसार लामाद्वारा मन्त्रोउच्चारणसहित भगवान बुद्धको प्रतिमामा पूजा गरेर सुरु गरिएको कार्यक्रममा कुलमान घिसिङ तथा राजदूतले  दीप प्रज्वलन गरेका थिए।

आयोजकका अनुसार मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको यस पर्वलाई  खरायो वर्षलाई बिदाई गरी ड्रागन (मेघ) वर्षलाई स्वागत गरिएको बताए। साथै वैदेशिक रोजगारीमा रहेर पनि नेपाली तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार वार्षिक कार्यक्रम संस्कृति परम्परा जगेर्ना गर्ने उद्दश्य सहित यो कार्यक्रम  आयोजना गरिएको बताए।

कार्यक्रममा बोल्दै कुलमान घिसिङले सोनाम ल्होछारको  शुभकामना सहित साउदी अरेबियामा रहेका संस्थाले आफूले गरेको कार्यको मुल्यांकन गर्दै दिएको सम्मान प्रति धन्यवाद दिंदै थप जिम्मेवारी बढेको बताए। विदेशमा बसेर रेमिट्यान्स पठाइ देशको आर्थिक भौतिक रुपमा सहयोग गरी नेपाल विकासलाई सहयोग गरेकामा धन्यवाद व्यक्त गरे। विदेशमा सिकेको सिपलाई स्वदेशमा लगानी गरेर देशको उन्नतिमा थप सहयोग पुर्याउन आग्रह गर्दै विदेशमा आउँदा सिपमुलक कममा आउनसमेत आग्रह गरे। 

उनले उज्यालो नेपालमा शिक्षाको महत्वबारे प्रस्ट पारेका छन्। देशमा ९८  प्रतिशत नेपालीको घर घरमा विद्युत प्रवाह भैसकेको र बाँकी २ प्रतिशत सरकाले चाडै पूरा गर्ने बताए। अहिले देशको लोडसेडिङ अन्त्य भएर ६ महिनामा १६ अर्बको बिजुली बेचेको र अब केही वर्षमा आत्मनिर्भर रहने बताए। उनले विदेशमा कमाएको केही रकमलाई नेपालमा हाईड्रोपावरमा लगानी गर्न समेत आग्रह गरे।  

राजदुत नवराज सुवेदीले नेपालमा धेरै स्रोत साधन भएर पनि प्रयोग गर्न नसकेको अवस्थामा विधुतीय क्षेत्रमा कुलमान जस्ता व्यक्तिको नेतृत्वले नेपालको आर्थिक तथा भौतिक क्षेत्रमा टेवा पुग्ने बताए। साथै उनले साउदीमा रहेका नेपाली समुदायको हकहितको लागि दुतावास सदैव तत्पर रहेको र  श्रमको उचित  मुल्य नेपाली कामदारले पाउनु पर्ने बताए। 

साथै साउदीमा काम गर्दा देशको  कानुनी, नियमको पालना गर्नुपर्ने जोड दिए। अनुशासनमा रहेर काम गर्न आग्रह गर्नुको साथै अलपत्र परेका नेपालीहरुको समस्यावारे दुतावासलाई सूचना दिन आग्रह गरे।  कामदार पठाएका मेनपावरले पनि आफ्नो काम कर्तव्य पूरा गर्नुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.