विराटनगरबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित तीनजना पक्राउ
तस्बिर : अन्नपूर्ण

विराटनगर  : विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तुसहित तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले  उनीहरूलाई विराटनगर–१३ बाट सोमबार बिहान ७ बजेतिर पक्राउ गरेको हो । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ । प्रदेश १–००१ ह १७८३ नम्बरको सीटी सफारीमा सवार रहेका बेला तीनैजनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाको साथबाट १४.४० ग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु बरामद भएको जानकारी दाहालले दिए । 

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीका अनुसार तीनैजना ब्राउन सुगरको कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतको जोगवनीबाट ब्राउन सुगर भित्राएर नेपालका विभिन्न स्थानमा पुर्‍याउँदै बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ । 

ठकुरी, राई र थापामगरले ब्राउन सुगरको धन्दा चलाइरहेको जानकारी केही दिनअघि प्राप्त भएपछि प्रहरीले उनीहरूको पिछा गर्न थालेको थियो । ब्राउन सुगरजस्तो देखिने वस्तु ठकुरीको साथबाट बरामद भएको हो । बरामद भएको उक्त वस्तु ७० हजार रूपैयाँमा जोगवनीबाट खरिद गरेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

नेपाल ल्याएर विभिन्न स्थान पुर्‍याउँदै बिक्री गर्दा दोब्बर बढी मूल्य पर्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीले गरेको प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेकाहरुले सामूहिक रूपमा ब्राउन सुगर नेपाल ल्याएर बिक्री गर्ने गरेको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.