लागुऔषधसहित दुई भारतीय महिला पक्राउ

लागुऔषधसहित दुई भारतीय महिला पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट प्रहरीले लागुऔषधसहित दुईजना महिलालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट लागुऔषध लिएर वीरगन्ज आउँदै गरेका दुई भारतीय महिलालाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहारको जिल्ला पूर्वी चम्पारणको रामगढवा घर भएकी ४३ वर्षीया  रुकसाना खातुन र त्यही ठाउँकी २० वर्षीया अपसना खातुन रहेका छन् । 

रक्सौलबाट पैदल आइरहेका दुवै महिलालाई रजतजयन्ति चोकमा रोकेर चेकजाँच गर्दा रुकसानाको साथबाट बुप्रेनोर्फिन १४४ एम्पुल,डाइजेपाम १४९ एम्पुल र फेनरागन १३१ एम्पुल तथा अपसानाको साथबाट बुप्रेनोर्फिन१४८ एम्पुल, डाइजेपाम १४७ एम्पुल, फेनरागन १४७ एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

दुवै महिलाको साथबाट गरी ८७८ एम्पुल लागुऔषध बरामद भएको उनले बताए । 

दुवैजनालाई प्रहरीको हिरासतमा राखेर लागुऔषध कसूरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.