श्मसानघाटमा गाडिएको १२ वर्षीय बालकको शव प्रहरीद्वारा बरामद

श्मसानघाटमा गाडिएको १२ वर्षीय बालकको शव प्रहरीद्वारा बरामद
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा प्रहरीले श्मसानघाटमा गाडिएको एक बालकको शव निकालेर पोष्टमार्टमका लागि अस्पतालमा पठाएको छ। वीरगन्जको राधेमाई नजिकको सिर्सिया नदि छेउको श्मसानघाटमा खाल्डो खनेर गाडिएको एक बालकको शव बिहीबार राति प्रहरीले निकालेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको हो।

वीरगन्ज महानगरपालिका-१२ मुर्लीका शम्भु महतो धानुकका छोरा १२ वर्षीय दिलिप मण्डल धानुकको शव उनकै अभिभावकले कस‌ैलाई थाह नदिई बिहीबार बेलुकी श्मसानघाटमा लगेर खाल्डो खनेर गाडेको खबर प्रहरीले पाएको थियो।

खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोली बिहीबार बेलुकी श्मसानघाटमा पुगेको थियो। त्यहाँ पुग्दा दिलिपको शव अन्दाजी दुई फिट गहिरो खाल्डो खनेर त्यसभित्र राखेर माथिबाट बालुवाले पुरेको अवस्थामा भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

बालकको मृत्युको खबर अभिभावकले गोप्य राखेको, प्रहरीलाई समेत खबर नदिएको र शव पोष्टमार्टमपनि नगरी श्मसानघाटमा लगेर गाडेकोले घटना शंकास्पद देखिएको थापाले बताए। मृतक दिलिपका बुबा शम्भु र आमा सबितालाई सोधपुछका लागि बिहीबार राति नै नियन्त्रणमा लिइएको थापाले बताए।

छिमेकीका अनुसार, दिलिपलाई उनका आमा-बुबाले बिहीबार घरकै एक कोठामा थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएका थिए। कामबाट बिहीबार साँझ घर फर्किँदा दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर श्मसानघाटमा लगेर गाडेको बुबा शम्भुले स्विकारेको प्रहरी नायब उपरीक्षक थापाले बताए। बालक दिलिप लागूपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफूहरु कामका लागि बाहिर जाँदा दिलिपलाई कोठामा थुनेर जाने गरेको बुबा दिलिपले प्रहरीलाई बताएको थापाले जानकारी दिए।

थापाले भने,`तर प्रहरीलाई खबर नै नदिई शव श्मसानघाटमा लगेर गाडेको देखियो। यसले घटना शंकास्पद देखियो। त्यस कारण श्मसानघाटबाट शव निकालेर पोष्टमार्टमका लागि अस्पतालमा पठाएका छौं। आमा-बुबा दुवैलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।´

शवको पोष्टमार्टम रिर्पोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.