रञ्जिताको अनुपस्थितिमै नागरिक उन्मुक्तिको बैठक टीकापुरमा जारी

रञ्जिताको अनुपस्थितिमै नागरिक उन्मुक्तिको बैठक टीकापुरमा जारी
सुन्नुहोस्

टीकापुर : सत्ता गठबन्धन फेरिएसँगै आन्तरिक विवादमा परेको नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक टीकापुरमा सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने वा नजाने विषयमा आन्तरिक विवादमा परेको उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरूको बैठक पार्टीका संस्थापक उपाध्यक्ष दामोदर पण्डितको अध्यक्षतामा टीकापुरमा सुरु भएको हो।

केही समयअघि टीकापुरमा सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बस्ने भनिएको बैठक उनको अनुपस्थितिमै बसेको एक केन्द्रीय सदस्यले बताए।

'संस्थापक २१ सदस्यमध्ये बैठकमा १५ सदस्य उपस्थित भएका छन्' बैठकमा सहभागी एक सदस्यले भने 'अध्यक्षज्यूकै निर्देशनअनुसार निर्धारित भएको बैठक उहाँको उपस्थितिबिना नै सुरु भएको छ।' 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा जाने वा प्रतिपक्षमा बस्ने जस्ता महत्त्वपूर्ण विषयमा छलफल सुरु भएको ती सदस्यले बताए । 

उक्त पार्टीबाट अध्यक्ष श्रेष्ठसहित चारजना प्रतिनिधि सभा सदस्य छन् भने सुदूरपश्चिम प्रदेशमा ७ जना प्रदेश सभा सदस्य छन्।

पार्टीका अध्यक्ष श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच विवाद उत्कर्षमा पुगेपछि पहिलोपटक उक्त पार्टीको बैठक बस्न लागेको हो। वर्तमान गठबन्धनमा सहभागी नहुने पक्षमा संरक्षक चौधरी रहेका छन् भने वर्तमान गठबन्धनमै रहेको अध्यक्ष श्रेष्ठले बताउँदै आएकी छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.