नागरिक उन्मुक्तिले बनायो ३ सदस्यीय वार्ता टोली, सुदूरपश्चिममा मुख्यमन्त्री माग्ने

नागरिक उन्मुक्तिले बनायो ३ सदस्यीय वार्ता टोली, सुदूरपश्चिममा मुख्यमन्त्री माग्ने
सुन्नुहोस्

टिकापुर : सरकारमा सहभागी हुने र नहुने विषयमा आन्तरिक विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको टिकापुरमा बैठक सम्पन्न भएको छ।

बैठकले सुदूरपश्चिम प्रदेश र संघीय सरकारमा जानका लागि सत्तापक्ष र विपक्षी दलसँग वार्ता गर्न ३ सदस्य कमिटी गठन गरेको छ।

पार्टीका संस्थापक उपाध्यक्ष दामोदर शर्मा पण्डितको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले दुवै पक्षसँग वार्ता गर्नका लागि पण्डितकै अध्यक्ष संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा केन्द्रीय सदस्य रामलाल थारू र रमेश विश्वकर्मा रहेका छन्।

बैठकस्थलबाट वार्ता टोलीका सदस्य रमेश विश्वकर्माले दिएको जानकारी अनुसार नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गर्ने र त्यसका लागि सत्तापक्ष र विपक्षी दलहरूसँग वार्ता गर्ने बताए।

'बैठकले सुदूरपश्चिममा मुख्यमन्त्रीको माग राख्ने निर्णय गरेको छ,' सदस्य विश्वकर्माले भने 'त्यसका लागि भोलिदेखि नै दुवै पक्षसँग वार्ता गर्ने गरी समिति गठन गरिएको हो।'
टिकापुरमा केन्द्रीय समितिको बैठक जारी रहँदा आजमात्रै बिना विभागीय मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरी र केही दिनअघि मन्त्री बनेका अन्य तीन सदस्यबारे भने बैठकले केही निर्णय गरेको छैन।

वार्ता समितिका सदस्य रामलाल डंगोरा थारुका अनुसार तत्काल कुनै पक्षलाई समर्थन नगर्ने बताउँदै सरकारमा सहभागी भएका मन्त्री, र प्रदेश सभा सदस्य र सत्ता र विपक्षी दलका नेताहरूसँग वार्ता गर्ने निर्णय गरिएको छ। 

कूल ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा निर्णायक शक्तिका रूपमा रहेको नागरिक उन्मुक्ति पार्टीसँग ७ जना प्रदेश सभा सदस्य रहेका छन्। ती ७ मध्ये चार जना मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा मन्त्री बनिसकेका छन्। 

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ अनुपस्थित रहेको बैठकले अहिले नै कसलाई समर्थन गर्ने र नगर्ने विषयमा निर्णय गर्न सकेको छैन। पार्टी अध्यक्ष श्रेष्ठ र पार्टीका संरक्षक रेशमलाल चौधरी मतभेद उत्कर्षमा पुगेपछि सरकारमा जाने वा नजाने विषयमा टुंगो लागिसकेको छैन। संस्थापक अध्यक्ष श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनलाई सहयोग गर्ने पक्षमा छन् भने संरक्षक चौधरी केन्द्रमा विपक्षमा बसेर सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन्।

उक्त पार्टीको विधानमा सरकारमा को जाने? कसले नेतृत्व गर्ने विषय टुंग्याउने अधिकार केन्द्रिय समितिलाई छ। आज गठन गरिएको वार्ता टोलीले पार्टी अध्यक्ष र संरक्षक बिचको विवाद समाधानका लागि समेत प्रयास गर्ने एक केन्द्रिय सदस्यले बताए। 

आज बसेको बैठकमा केन्द्रीय अध्यक्ष श्रेष्ठ अनुपस्थित रहे पनि पार्टीका संरक्षक रेशमलाल चौधरी भने उपस्थित भएका थिए। ती केन्द्रीय सदस्यका अनुसार बैठकमा केहीबेर बसेर चौधरी निस्किएका हुन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.