सुर्खेतमा कोरोनाविरुद्धको खोप लगाइँदै

सुर्खेतमा कोरोनाविरुद्धको खोप लगाइँदै
सुन्नुहोस्

सुर्खेत : सुर्खेतमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन हुने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको र अधिकांश नागरिक खोप लगाउन छुटेको भन्दै यो अभियान सञ्चालन गर्न लागिएको हो। बिहीबारबाट सुरु हुने यो अभियान अन्तर्गत जिल्लाका चार वटा स्थानीय तहमा खोप लगाइने छ।

जिल्लाका चौकुने गाउँपालिका, चिगांड गाउँपालिका, पञ्चपुरी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा यो अभियान संचालन हुन लागेको हो। यसअघि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन छुटेका १२ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार तीन दिनसम्म संचालन हुने अभियानअन्तर्गत सुर्खेतमा १९ हजा ८ सय डोज खोप लगाइने छ। खोप अभियान सफल बनाउन ४४ वटा खोपकेन्द्र स्थापना गरिएका छन्। 

यसअघि पनि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान चलाइएको थियो। तर, कतिपय नागरिकले अभियानबारे जानकारी नपाएको, जानकारी पाएकाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन आनाकानी गरेको र धेरैजसो नागरिक रोजगारीका लागि भारततर्फ गएका कारण खोप लगाउन छुटेका छन्। यसअघि छुटेका नागरिकलाई लक्षित गरेर पुनः खोप अभियान सुरु गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गौतमको भनाइ छ। उनका अनुसार जिल्लामा यसपटक फाइजर खोप लगाइने र यसअघि छुटेका नागरिकलाई प्राथमिकता दिइनेछ। 

यसअघिको अभियानमा खोप लगाउनेको संख्या कम भएका स्थानीय तहमा यसपाली पुनः खोप अभियान संचालन गर्न लागिएको हो। खोप अभियानलाई प्रभावकारी बनाउनका लागि स्वास्थ्य सेवा कार्यालय सुर्खेत र इपिक नेपालले बुधबार वीरेन्द्रनगरमा सरोकारवालासँग छलफल गरेका छन्। त्यसक्रममा सरोकारवालाहरुले यसपटक खोप अभियानलाई प्रभावकारी बनाउन सुझाव दिएका छन्। सुर्खेतमा कोरोनाविरुद्धको खोप पहिलो डोज ९१ दशमलव ६ प्रतिशत र दोस्रो डोज ८० दशमलव ९ प्रतिशत नागरिकले लगाएका छन्। यस्तै पहिलो बुस्टर डोज ३६ दशमलव ८ प्रतिशत र दोस्रो डोज १ दशमलव ४ प्रतिशत नागरिकले मात्रै लगाएका छन्। यसकारण पनि खोप अभियानलाई पुनः संचालन गर्न लागिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.