जलवायु न्यूनीकरणका लागि सरकारले आवश्यक काम गरिरहेको छ : वनमन्त्री

जलवायु न्यूनीकरणका लागि सरकारले आवश्यक काम गरिरहेको छ : वनमन्त्री

काठमाडौं : वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरु गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले जलवायु परिवर्तनको असरप्रति सरकार गम्भीर रहेको भन्दै जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरु गरिरहेको बताएका हुन्।

उनले सवारी साधनबाट उत्सर्जन हुने धुँवाको प्रदूषण मापनको नियमित व्यवस्था गरिएको बताए । तोकिएको मापदण्डबमोजिम सवारी साधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर लिनुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ।

मन्त्री सुडीलाई सांसद प्रेम सुवाल र सांसद निशा डाँगीले प्रश्न गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.