बागमतीमा मन्त्रीपरिषद विस्तार , नवनियुक्त ४ मन्त्रीद्वारा सपथ ग्रहण

बागमतीमा मन्त्रीपरिषद विस्तार , नवनियुक्त ४ मन्त्रीद्वारा सपथ ग्रहण

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रीपरिषद् विस्तार गरेका छन्। मन्त्रीपरिषद् विस्तारका क्रममा मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेबाट चारजना मन्त्री नियुक्त गरेका हुन्। 

नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले एमालेबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गरेका हुन्।  नव नियुक्त चारजना मन्त्रीमध्ये प्रकाश श्रेष्ठ पहिलो पटक मन्त्री बनेका हुन् भने अन्य तीन जना जम्कट्टेल नेतृत्वको मन्त्री मण्डलमा यसअघि पनि मन्त्री भएका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.