दुग्ध किसानलाई बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन सांसद बर्तौलाको माग

दुग्ध किसानलाई बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन सांसद बर्तौलाको माग

काठमाडौं : नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले किसानको दूधको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन्।  बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक बर्तौलाले किसानहरूले लामो समयदेखि दूधको मूल्य नपाएको भन्दै तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

'किसानहरूले लामो समयदेखि दूधको मूल्य पाइराखेका छैन। देशभर ५ अर्ब बढी दूधको मूल्य भुक्तानी गर्नुपर्नेछ। मकवानपुरका किसानको मात्रै ६० करोड दूधको मूल्य भुक्तानी गर्नुपर्ने अवस्था छ। कृषिमन्त्री र सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु। यो देश कृषि प्रधान देश हो। सरकारले बजेट निर्माण गर्दैछ। कृषिमा किसानलाई राहत पुग्नेगरी बजेट निर्माण  गर्ने प्रक्रियामा ध्यान पुगोस्। र दूधको मूल्य तत्काल भुक्तानीका लागि कृषिमन्त्रीज्यूले पहल गर्नुहोस्,'उनले भने।

बर्तौलाले खेतिपातीको समय सुरू भइसकेको र किसानले रासायनिक मल सहज ढंगले नपाएको गुनासो गरे। रासायनिक मलमा पनि बिचौलिया हावी भएको उनको भनाइ छ।

उनले भने,'खेतिपातीको समय सुरू भएको छ। किसानहरूले रासायनिक मल पाइरहेका छैनन्। बिचौलिया हावी भएको छ। यसकारण बिचौलिया अन्त्य गर्दै रासायनिक मल किसानहरूले  खेतिपातीका बेलामा सहज ढंगले पाउने व्यवस्था गरियोस्। '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.