दोस्रो जय दगलसिंह स्मृति गोल्डकप चैत्र २८ गतेदेखि

दोस्रो जय दगलसिंह स्मृति गोल्डकप चैत्र २८ गतेदेखि

धनकुटा : चौविसे गाउँपालिका-६ शिखरपुरस्थित हात्तिटार खेल मैदानमा आगामी चैत्र २८ गतेदेखि दोस्रो जय दगलसिंह स्मृति गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। हात्तिटार स्पोर्टस् क्लबको आयोजनामा आगामी चैत्र २८ देखि वैशाख १ गतेसम्म दोस्रो जय दगलसिंह स्मृति गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। 

गतवर्ष देखि सुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो। प्रतियोगिताको दोस्रो संस्करणमा ८ टिमको सहभागिता हुने आयोजक हात्तीटार स्पोर्ट्स क्लबका अध्यक्ष रत्नबहादुर राईले बताए। उनका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ। हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक जनालाई सर्वोत्कृष्ट खेलाडीको रुपमा र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ। गतवर्ष डागीहाँट फुटबल क्लब भाउनी विजेता वनेको थियो। 

प्रतियोगितालाई भव्य रुपमा सञ्चालन गर्न चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका विशेष सहयोग प्राप्त भएको छ। त्यस्तै देश तथा विदेशमा रहेका सहयोगी दाताहरूलाई आर्थिक सहयोग प्राप्त भइरहेको अध्यक्ष राईको भनाइ छ। नकआउट चरणमा हुने प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको छ। आयोजक बाहेक फाक्सिव फुटबल क्लब, डाँडाबजार फुटबल क्लब, युनिटी स्पोर्ट्स क्लब, सिसिडिआइसी फुटबल क्लब मौनावुधुक, देउराी युवा क्लब, डाँगीहाट फुटबल क्लब र कटारी फुटबल क्लब छन्।  

प्रतियोगितामा उद्घाटन खेल आयोजक हात्तिटार स्पोर्टस् क्लब र फाक्सिव क्लबबीच हुनेछ। उद्घाटन खेल चैत्र २८ गते हात्तिटार खेल मैदानमा हुनेछ। क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार आयोजक र फाक्सिब बीचको पहिलो खेल बिहान ११ बजे हुनेछ। सोही दिन सीसीडीआइसी फुटबल क्लब मौनावुधुक र देउराली युवा क्लब बीच दिउँसो २ बजे हुने खेल तालिकामा उल्लेख  छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.