प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद : गण्डकीले जित्यो स्वर्ण, कोशीलाई रजत

प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद : गण्डकीले जित्यो स्वर्ण, कोशीलाई रजत
सुन्नुहोस्

चितवन : गण्डकी प्रदेशले चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलतर्फ स्वर्ण पदक हासिल गरेको छ।

शुक्रबार भरतपुर महानगरपालिकास्थित गेस्ट हाउस चौरमा भएको फाइनल खेलमा गण्डकीले कोशी प्रदेशलाई ३-० को सीधा सेटमा पराजित गरेको हो। फाइनलमा दर्शकको राम्रो साथ पाएको गण्डकीले पहिलो सेट २५-१८ ले जितेको थियो। पहिलो सेटमा हार ब्यहोरेका कोशीले दोस्रो सेटमा सम्हालिएको खेल प्रदर्शन गरेको थियो। गण्डकीको टोली मुख्य दुई खेलाडीबिना कोर्टमा उत्रिएको थियो। 

बेन्चमा रहेका खेलाडीसहित कोर्टमा उत्रिएको गण्डकीले कोशीमाथि दोस्रो सेट २५-२२ ले जितेको थियो। दुई सेटमा स्तब्ध भएको कोशी तेस्रो सेटमा पनि निरीह बन्यो। तेस्रो सेटमा दुवै टोली समान १४ अंक रहँदा रेफ्रीको निर्णयमा कोशीले आपत्ति जनाएको थियो। कोशीका खेलाडीले आक्रोशित हुँदै लय गुमाउँदा रेफ्रीले क्याप्टेन विष्णु बस्नेतलाइ पहेंलो कार्ड दिएका थिए। 

सोही क्रम रेफ्रीले नेट टचका विषयमा विवादास्पद निर्णय लिएपछि कोशीका खेलाडी केहीबेर कोर्ट बाहिर भएका थिए। केहीबेरको तनावपछि कोर्ट फर्किएको कोशीले अन्तिम सेट १८-२२ ले हार ब्यहोर्नु पुग्यो। हारसँगै कोशीले भलिबलतर्फ रजत पदकमा चित्त बुझायो। हारपछि कोशीका प्रशिक्षक दिनेश राईले निर्णायकको कमजोरीको सिकार हुनु परेको बताए। रेफ्रीले दिएको खराब निर्णयबाट टोली निराश हुन पुगेको बताउँदै गण्डकी सेट टोली हुँदा केही दबाव महसुस गरेको बताए।

९ खेलसहित गत चैत २५ गतेबाट सुरू भएको खेलकुदमा बागमतीले ६१ स्वर्णसहित १३९ पदकमा पहिलो स्थानमा रहेको छ। त्यसैगरी २१ स्वर्णपदकसहित ६९ पदक हासिल गरेको सुदूरपश्चिम पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। कोशी प्रदेश १४ स्वर्णसहित ७३ पदक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ। समान ११ स्वर्ण हासिल गरेको लुम्बिनी चौथो र पाँचौ स्थानमा कर्णाली प्रदेश रहेको छ।

लुम्बिनीको १६ रजतसहित कुल ५५ पदक र कर्णालीको १० रजतसहित कुल ४५ पदक हासिल गरेको छ। त्यसैगरि गण्डकी १० स्वर्णसहित छैटौ र ३ स्वर्णसँगै मधेश प्रदेश अन्तिम स्थानमा रहेको छ। खेलकुद अन्तर्गत पुरुष क्रिकेट र फुटबलको फाइनल खेल बाँकी रहेको छ। खेलकुदको समापन वैशाख १ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.