मछिन्द्र जीतपुरसिमरा गोल्डकपको फाइनलमा

मछिन्द्र जीतपुरसिमरा गोल्डकपको फाइनलमा
सुन्नुहोस्

सिमराः बिराट गोल्डकपको उपाधि उचालेर बारा आएको मछिन्द्र फूटबल क्लब १४औं जीतपुरसिमरा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शुक्रबार राती भएको पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश युवा क्लबलाई २–० ले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो।

१० वर्षपछि जीतपुरसिमरा गोल्डकप खेल्न आएको मछिन्द्रलाई उपाधि होडमा उभ्याउने क्रममा बिमल घर्ती मगर र देवेन्द्र तामाङले समान एक–एक गोल गरे। मछिन्द्रले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो।

यसअघि म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबसंग १–० ले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको मछिन्द्र एक दशकपछिको सहभागितामा उपाधि नजिक पुगेको हो। 

साविक विजेता चर्च ब्वाइज युनाइटेड क्लबलाई पराजित गर्दै बलियो प्रस्तुति देखाएको सहलेशका लागि मछिन्द्रविरुद्धको खेल सहज हुन सकेन। स्टार खेलाडी सम्मिलित मछिन्द्रले नियन्त्रित खेल खेल्दै अघिल्लो यात्रा तय गरेको हो। 

कुलदीप कार्कीको नेतृत्वमा रहेको सलहेशविरुद्ध बिमल घर्ती मगरले खेलको ३०औं मिनेटमा अग्रता दिलाएका थिए। छिरिङ गुरुङको पासलाई सदुपयोग गर्दै बिमलले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे। बिमलको उक्त गोल हेर्नलायक थियो। 

मछिन्द्रले दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा गरेको थियो। अभिशेष गुरुङको कर्नर बलमा देवेन्द्र गुरुङले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। 

खेलमा २–० ले पछि परेको सलहेशका लागि दोस्रो हाफमा दवावमा देखियो। मछिन्द्रविरुद्ध बनाएको केही अवसर सदुपयोग गर्न सकेन। सलहेशका आशिष चापागाईले केही राम्रा अवसर गुमाएका थिए। 

यता मछिन्द्रले पनि केही अवसर खेल फालेको थियो। दोस्रो हाफमा सलहेशलाई दवावमा राख्दै खेलेको मछिन्द्रले स्कोर निकाल्न नसकेपनि नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ। 

मछिन्द्रको जीतमा एक गोल गरेका बिमल खेलको प्लेयर अफ दि म्याच घोषित भए। उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको पुरस्कार हात पारे। बिमललाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र शुभारम्भ कलेजका संस्थापक डा. राहुल झाले पुरस्कार वितरण गरेका थिए। 

मछिन्द्रले अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ। पुलिस र एपीएफबीच शनिबार दोस्रो सेमिफाइनल खेल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.