एसीसी प्रिमियर कप क्रिकेट

कतारलाई पराजित गर्दै लगातार दोस्रो जित निकाल्ने दाउमा नेपाल

कतारलाई पराजित गर्दै लगातार दोस्रो जित निकाल्ने दाउमा नेपाल
तस्बिर : क्यान

काठमाडौं : एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आज कतारको सामना गर्दैछ। ओमानमा जारी प्रतियोगितामा नेपाली टोली कतारलाई पराजित गर्दै लगातार दोस्रो जित निकाल्ने दाउमा छ। 

खेल नेपाली समयअनुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ। शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो। शुक्रबार भएको खेलमा कतारलाई हङकङले २६ रनले पराजित गरेको थियो।

वैशाख ९ गतेसम्म चल्ने प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छन्। नेपालले वैशाख ३ गते हङकङसँग भिड्नेछ। समूह चरणको अन्तिम खेल वैशाख ५  गते साउदी अरबसँग हुनेछ।  प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ। 

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित गुल्सन झा, करण केसी, प्रतिश जिसी, कुशल भूर्तेल, सन्दीप जोरा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन्। 

प्रिमियर कपको गत संस्करणको उपाधि नेपालले जितेको थियो।  अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो। अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो। 

एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन्। सन् २०२३ को एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.