पूर्व–पश्चिम राजमार्गको कमला–कञ्चनपुर सडक समयमै पूरा गर्न कांग्रेसको माग

पूर्व–पश्चिम राजमार्गको कमला–कञ्चनपुर सडक समयमै पूरा गर्न कांग्रेसको माग
सुन्नुहोस्

सिरहा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडक खण्ड विस्तारमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्। 

सडकको काम समयमै सम्पन्न हुनुपर्ने माग राख्दै नेपाली कांग्रेस लहान नगर कार्यसमितिले बिहीबार इलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। 

‘यो सडक खण्ड विगत तीन वर्षदेखि निर्माण व्यवसायी चाइना रेल्बे इन्जिनियररिङ कम्पनी–२ले विस्तार गर्दै आइरहेको छ। पहिलो पटकको म्यादभित्र काम सम्पन्न नभएपछि फेरि एक वर्षको म्याद थप भएको बुझिएको छ। सो म्याद पनि सकिन लाग्दा काम गति लिएको छैन,’ कांग्रेस लहान नगर सभापति संजय कुमार यादवले भने,‘सम्झौता अनुसार सडक खनेको स्थानहरूमा पानी छर्किरहेको छैन। पानी नछर्किएपछि अत्यधिक धूलो उडेर स्थानीय मारमा परेका छन्। उनीहरू बिरामी पर्न थालेका छन्।’

सडकको काम समयमा नसकिएपछि छेउछाउका व्यवसायीको व्यापार ठप्प भएको उनले सुनाए। सम्झौता अनुसार समयमै काम पूरा गर्न माग गरेको उनले बताए। उनका अनुसार यस कम्पनीले लहान नगरपालिकाको खुट्टिबाट नदी जन्य पदार्थ ढुवानी गरिरहेको छ। 

यहाँका वडा ११ र १४ का वस्तीहरूबाट ढुवानीका सवारी साधनहरूले दिनहुँ गुडाउँदा धुलोले स्थानीयहरू आक्रान्त भएका छन्। जनताको मागमा निर्माण व्यवसायी र सरकार गम्भीर नभए आन्दोलनमा उत्रिने नगर सभापति यादवले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.